सेनाको स्काई ट्रकमा स्वास्थ्य सामाग्री लिएर सुर्खेत आउँदै राज्यमन्त्री नवराज रावत



नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत कर्णाली प्रदेशका लागि प्राप्त हुने स्वास्थ्य सामाग्रीसहित सुर्खेतका लागि उडने तयारी गरेका छन् । नेपाली सेनाको स्काई ट्रक मार्फत कर्णाली प्रदेशका लागि प्राप्त स्वास्थ्य सामाग्री लिएर उनी काठमाडौं विमानस्थलबाट सुर्खेत विमानस्थलमा आउने तयारी गरेको हुन् ।

स्वास्थ्य राज्यमन्त्री रावतले कोभिड–१९ को नियन्त्रण, उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री सरकारले जुटाईरहेको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री ल्याएर राज्यमन्त्री आउन लागेको बताइएको हो । उनले भने ‘सरकारले कोभिड–१९ परिक्षण केन्द्र सातै प्रदेशमा स्थापना गर्ने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा विशेषज्ञ स्वास्थ्यकर्मी समेत खटाईएको छ ।’

कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ परिक्षण विशेषज्ञ डा. महेन्द्र प्रसाद भट्ट, रामकृष्ण श्रेष्ठ, सुनिल प्रसाद लेखक खटाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

कर्णाली प्रदेशका लागि प्राप्त स्वास्थ्य सामाग्री सुर्खेत विमानस्थलमा झारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरी कर्णालीका सबै अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु सम्म पुग्ने व्यवस्था मिलाइने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार