वर्षाका कारण खेल हुन नसक्दा बाहिरियो नेपाल



काठमाडौँ ।

जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंका र नेपालबीच मंगलबार बिहान पौने ६ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो । खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ । नेपालको यात्रा भने क्वाटरफाइनलबाटै सकिएको छ । नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

यसअघि सन् २०१०, २०१४ र २०२२ को एसियन गेम्समा पनि क्वाटरफाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ्न सकेन । यसअघि हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तानबीचको खेल पनि वर्षाले रद्द हुँदा पाकिस्तान र भारत अगाडि बढेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार