कांग्रेसबाट कोहलपुरको मेयरमा पुर्ण आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदी उम्मेदवार



नेपालगन्ज ।

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुर्ण आचार्यलाई उम्मेदवार बनाएको छ । त्यस्तै कोहलपुरको उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेदवार बनाएको हो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीले दुबै जनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयर र उपमेयरका उम्मेदवारले सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार