सल्यान । सल्यानमा कोरोना भाइरसको सम्भावित संक्रमणका वेला अपनाउनुपर्ने पूर्वतयारी गरिएको छ ।
जिल्ला अस्पतालमा २० वटा क्वारेन्टाइन र पाँचवटा आइसोलेसन बेड तयार गरेको छ । अहिलेसम्म जिल्लामा कोही पनि शंकास्पद अवस्थामा नभेटिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।
१० वटा स्थानीय तह रहेको सल्यानमा पालिकाहरूले वडास्तरमा विदेश तथा भारतबाट आएकाहरूको निगरानी गरिरहेका छन् । विदेशबाट आएकाहरूको रेकर्ड राखिएको र अहिलेसम्म कोही पनि शंकास्पद अवस्थामा नरहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
जिल्लामा कोही शंंकास्पद देखिएमा तत्कालै रुकुम चौरजहारी, तुलसीपुर र सुर्खेतमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।लकडाउनको समयमा दैनिक उपभोग्य सामान किन्न जिल्लामा अपरान्ह ४ बजेदेखि १ घन्टाको समय छुट्याइएको छ ।
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्