बाँकेको जानकी गाउँपालिकाले कोराना भाईरस (कोभिड–१९)बको सङ्क्रमणबाट गाउँपालिकावासीलाई जोगाउन मानपुरमा २५ शैय्या क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।
गाउँपालिकाको शुक्रवार बसेको आकस्मिक बैठकले मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवनमा २५ शैय्याको क्वारेन्टाइन बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, क्वारेन्टाइन निर्माणको कार्य आजैबाट शुरू भएको छ । गाउँपालिकामा विदेशबाट फर्किएका र कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका विरामीलाई गाउँपालिकामै क्वारेन्टाइनमा राखेर निगरानी गरिने छ ।
वैठकमा अध्यक्ष रामनिवास यादवले तुरुन्त क्वारेन्टाइन निर्माण गरी गाउँपालिकामा विदेशबाट आएका र कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका विरामीको निगरानी गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
उहाँले सरकारले आह्वान गरेको ‘लकडाउन’को गाउँपालिकावासी सबैले पालना गरी कोरोना भाईरसबाट बच्न र अरुलाई पनि बचाउन सबैले सहयोग गर्नुपर्ने बताउदै वडास्तरमा पनि लकडाउन कार्यान्वयन गराउन वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्