काठमाडौं ।
‘कोरोनाविरूद्ध सेनाले हेलिकोप्टरबाट किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले स्पष्ट पारेको छ ।
‘आज (शनिबार) विषेश शैन्य हेलिकोप्टरले देशभर आकाशबाट किटनाशक औषधि छर्किंदैछ ।
रातिको १२ बजेपछि हेलिकोप्टर आयो भने सम्झनुहोस्, घर बाहिर राखिएको लुगा झिक्नुहोस्, घरभित्र बस्नुहोस्, सरकारले कोभिड–१९ को औषधि छर्किदैछ’ भन्ने झुट्टो अफवाह फैलाएको प्रति सेनाले खेद प्रकट गरेको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्नुभएको हो । ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कदै’ भनेर सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो ।
यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ । नेपाली सेनाले भ्रामिक अफवाह फैलाइएको भन्दै विज्ञप्तीसमेत जारी गर्ने गरेको छ ।








प्रतिक्रिया दिनुहोस्