कोहलपुरमा भारी वर्षा सँगै असिना फोटो सहित



कोहलपुर :

बाँकेको काहेलपुर क्षेत्रमा भारी वर्ष सँगै असिना परेको छ ।

विहानै देखि बदली रहेको मौषम साँझ सात बजेदेखि भारी वर्षा भएको हो । यो वर्ष कै सबै भन्दा ठूलो वर्षा भएको हो ।

भारी वर्ष सँगै भएको असिना पानीका कारण ठूलो मात्रमा क्षेती हुन सक्ने अनुमान गरिएको छ ।

असिना र वर्षाका कारण कोहलपुर विद्युत सेवा अवरुद्ध भएको छ ।

असिनाका कारण सार्वजनिक स्थल, अस्पताल तथा सवारी क्षेत्रमा प्रभाव परेको छ । कोहलपुरका सडकमा पानीको खोलो बगिरहेको छ । लामो समय वर्षा भएमा डुवानको समेत जोखिम बढेको छ ।

यस्तो सवस्थामा सम्पूर्णलाई सचेत रहन आग्रह गरिन्छ । यससँगै सुर्खेत र दाङम समेत भारी वर्षा भएको मिसन टुडेका जिल्लास्थित संवाददाताले जानकारी दिएका छन् ।

यता सुदूरपश्चिम क्षेत्रका तराईका जिल्लाहरुमा भने वर्षा नभएको जानकारी प्राप्त भएको हो । हल्ला वर्ष साझँ सात बजेदेखि नै शुरु भएको थियो ।

केही तस्विरहरु ः

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १ गते शनिबार