कोहलपुर : शुक्रबार बिहानै देखि बन्द रत्न राजमार्गको सडक खण्ड खुलेको छ ।
अवरुद्ध सडक खण्ड अन्र्तगत बैजनाथ गउापालिकाको च्यामामा प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको हो । यस सँगै उक्त सडकमा रोकिएका सवारी चल्न थालेका छन् ।
बिहीबार भएको दुर्घटनामा दुई जनाएको ज्यान गएपछि उनीहरुका आफन्तले बाटो अवरुद्ध गराएका थिए ।
जसका कारण चौराहा देखि सुर्खेत रोड अन्तर्गत रत्न राजमार्गमा सवारी चल्न सकेका थिएनन् । बिहिबार नै अटो चालक जय बहादुर रोकाको निधन भएको थियो ।
दोषिलाई कारबाही र पीडितलाई न्याय दिलाउनु पर्ने उनीहरुको माग छ । यस्तै यात्रुहरुले समेत बारम्बार भइरहेका बन्दले सास्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।चौराहाबाट नेपालगञ्ज र बुटवल तिर भने यातायात सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति : २०७६ फागुन ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्