कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको फुलबारी एजुकेशन एकेडेमीले आफ्नौ छठौं साधारण सभा सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले साधारण सभाको उद्घाटन गरेका थिए ।
फुलबारी एजुकेशन एकेडेमीका संस्थापक अध्यक्ष धन बहादुर शाहीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।
‘विद्यालयमा शैक्षिक र भौतिक रुपमा सम्पन्न रहेको छ’ उनले भने, ‘बालबालिकाहरुलाई घर नै पहिलो पाठशाला हो ।
त्यसकारणले अब अभिभावकहरुले आफ्ना छोराछोरीलाई घरमा पढाईमा ध्यान दिन समेत आग्रह गर्दछु ।’



प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्