कोहलपुर ।
सरस्वती पूजा एंवम सहिद दिवसको अवसरमा बाँकेको कोहलपुरमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको छ । त्रिभुवन नमूना माध्यमिक विद्यालयमा रहेको श्री सिर्जनशिल अपांगता नमूना बाल क्लबको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका ८ वटा टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा गणेशमानसिंह ठकूरी नेतृत्वको समुह ‘डी’ प्रथम भयो । यस्तै तीर्थराम खड्का नेतृत्वको समुह ‘जी’ द्धितीय, गौरब अधिकारी नेतृत्वको समूह ‘सी’ तृतीय र कोविद् क्रिपाठी नेतृत्वको समूह ‘एफ’ सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने टिमलाई स्टेशनरी वितरण गरिएको आयोजकले जनाएको छ ।
हाजिरी जवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै त्रिभुवन नमूना उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर बिष्टले सरस्वती पूजा तथा सहिद् दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा उनले विद्यालयमा अध्ययन दृष्टिविहिन विद्यार्थीहरुको लागि छात्रबास निर्माण गरिने बताए । क्लबका अध्यक्ष आशिष अधिकारीले क्लबले विभिन्न अवसरमा विद्यार्थीको क्षमता प्रदर्शन गर्ने खाले कार्यक्रम गर्दै आईरहेको जानकारी दिए ।
उनका अनुसार आगामी दिनमा समेत यस्ता प्रकारका कार्यक्रमहरु गरिनेछ । प्रतियोगितामा विद्यालयका प्राधानाध्यापक, विव्यस सदस्यहरु, शिक्षक शिक्षक अभिभावक संघका सदस्यहरु र विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्