बाँसगढी नगरपालिकाका महिलाहरुका पाठेघरको क्यान्सरबारे प्रशिक्षण



बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकाका महिलाहरुका लागि पाठेघरको क्यान्सरका बारेमा प्रशिक्षण गराईएको छ । पछिल्लो समय महिलाहरुमा बढ्दै गएको पाठेघरको मुखमा क्यान्सर र पाठेघर झर्ने समस्यालाई न्युनिकरण गर्नको लागि प्रशिक्षण गराईएको हो । मोतीपुर स्वास्थ्य र देउढाकला स्वास्थ्य चौकीमा आयोजना गरिएको निःशुल्क शिविरमा १ हजार १ सय १२ जना महिला लाभान्वित भएका छन् । निःशुल्क शिविर दुई वटा चौकी गरी चार दिनसम्म सञ्चालन भएको थियो ।

जसमध्ये ३० जना महिला जोखिममा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । १ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको, २८ जनामा पाठेघर झर्ने समस्या भएको पाइएको थियो । बाँसगढी नगरपालिका अन्तर्गत नगर स्वास्थ्य शाखा प्रमुख धन बहादुर खत्रीका अनुसार दुई वटा स्वास्थ्य चौकीमा ग्रामाणि क्षेत्रका महिलाहरुलाई लक्षित गरेर स्वास्थ्य परिक्षण तथा निःशुल्क शिविर तथा स्वास्थ्यग परिक्षण गरिएको
हो ।

ग्रामिण क्षेत्रका महिलाहरुमा अहिले पनि गम्भिर खालका समस्याहरुमा देखा परेकाले महिलाले स्वास्थ्य अवस्थाबारे ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका थिए । यस्तै प्रजनन समस्या यकिन गरि आवश्यक सल्लाह र उपचार सेवा प्रदान गरिएको उनले जानकारी दिए । शिविर समापनको क्रममा बोल्दै नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले अहिले पनि महिलाहरु घरायसी काममा लाग्ने र स्वास्थ्यमा ख्याल नगर्ने अवस्था रहेको बताएका थिए । उनले आफ्नो स्वास्थ्यको विषयमा आफै ख्याल समेत सुझाव दिए ।

उनले महिलाहरुको शसक्तिकरणको लागि नगरपालिकाले विभिन्न शाखा मार्फत बजेट तथा कार्यक्रम सञ्चालन गरेकोले महिलालाई प्राथमिकता दिईएको दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रबार