सल्यान/ दुर्गम क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सल्यान प्रहरीले गाउँ केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । गाउँघरमा हुने विभिन्न अपराधिक गतिविधिहरुलाई नियन्त्रणमा लिई जनतासंग समधुर सम्वन्ध कायम गर्न यस्तो अभियान सञ्चालन गर्न लागिएको सल्यान प्रहरी प्रमुख(डिएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए । उनले भने, ‘नियमित गरिने गस्तिलेले समाजमा हुने विभिन्न खाले अपराधिक गतिविधिहरुमा कमी आउने विश्वास लिएका छौँ, त्यसबाट आम नागरिकहरुले शान्ति सुरक्षाको अनुभुति गर्ने र प्रहरी र नागरिक विचको सम्वन्ध पनि राम्रो हुनेछ ।’
अभियान अन्र्तगत जिल्लाका विभिन्न तीन दर्जनभन्दा बढी स्थानहरुमा प्रहरीले नियमित गस्ती गर्ने छ । डिएसपी खतिवडाका अनुसार जिल्लाका पश्चिम क्षेत्र गर्चे, अवलवेसी, गुरुदासेसंगै घुइयाबारी, जलजला, छरछरे, पानचौर, दार्मकोट, वाफुखोला लगायतका ठाउँमा प्रहरीले नियमित गस्ति गर्ने छ । अबदेखि हप्तामा एक पटक प्रहरी चौकीबाट २ देखि ८ घण्टासम्मको पैदल दूरीलाई दुर्गमबस्ती मानेर गस्ती गरिने सल्यान प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्