शैक्षिक साम्रागी हस्तान्तरण



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेका राष्ट्रिय निजी तथा आवासीय एसोसिएन नेपाल (नेशनल प्याब्सन) २२ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक साम्रागी हस्तान्तरण गरेको छ । आइतबार मुक्ति प्राथामिक विद्यालय र विद्याज्योति आधारभुत विद्यालयका अध्ययनरत विद्यार्थीहरुलाई कापी, झोला गरी एक सय २० जना बालबालिकाहरुलाई कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले हस्तान्तरण गरेका थिए । उनले सामुदायिक विद्यालयहरुले लगानी लगाएजति प्रतिफल प्राप्त नगरेको गुनासो पोखे ।

‘सामुदायिक विद्यालयहरुमा नेपाल सरकारले वर्षेनी अर्बो लगानी गर्दछ’ उनले भने, ‘तर शिक्षकको कमजोरी हो या अभिभावकको कमजोरी हो अनुगमन गर्नुपर्ने भएको छ ।’ अन्यथा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको भविष्य अन्योलमा हुने नगर प्रमुख रावतले बताए । नेशनल प्याब्सन कोहलपुर नगरका कार्यवहाक अध्यक्ष अमृत पौडेलले निजी विद्यालयको संगठनले सामाजिक कार्यहरु गर्छ भन्ने उदाहरण देखाएको बताए । ‘नेपाल सरकारले निजी विद्यालयहरुलाई हेर्न दृष्टिकोण अझै परिवर्तण गर्न सकेको छैन’ उनले भने, ‘तर निजि विद्यालयहरुलाई हेर्ने दृष्टिकोण र व्यवहारलाई एउटै बनाउने उद्देश्यले सामाजिक कार्यहरु गर्दै आएका छौं ।’

नेशनल प्याब्सनका केन्द्रिय सचिव कुश्मराना भाटले सामुदायिक र संस्थागत विद्यालयको उद्देश्य फरक नभएको बताए । ‘बजारहरुमा फरक धारणाहरु आउने गर्दछन्’ उनले भने, ‘सामुदायिक र निजीका विद्यार्थी भएपनि विद्यार्थी नै हुन । जुन विद्यार्थी जहाँ पढेपनि उनीहरुले गुणस्तरीय शिक्षा पदान पाउने विद्यार्थीको अधिकार हो ।’ नेशनल प्याब्सन बाँके जिल्ला अध्यक्ष श्याम कुँवरले बाँके मात्र नभई देशभरी नै संस्थागत विद्यालयले देशको शैक्षिक क्षेत्रमा ठुलो योगदान गरिरहेको बताए । ‘नेपाल सरकारले लगानी लगाएर पनि प्रतिफल प्राप्त गर्न सकेको छैन’ उनले भने, ‘तर संस्थागत विद्यालयहरुमा नेपाल सरकारको लगानी लगाएको हुँदैन ।’

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २८ गते सोमबार