सकियो क्रिसा रनिङ शिल्ड फोटो फिचर



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी ११ औँ संस्करणको क्रिसा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

गत कार्तिक २५ गतेबाट सुरु भएको प्रतियोगिता २७ गते सम्पन्न हुने भनिएपनि वर्षाका कारण अवरुद्ध भएको थियो । प्रतियोगितामा कुल सहभागी ३३ विद्यालय मध्ये हिमालय विद्या निकेतन प्रथम भएको छ ।

प्रतियोगितामा समावेश ११ वटा खेल मध्ये सबै भन्दा बढी जित हासिल गरेर हिमालय विद्या निकेतन शिल्ड उचालेको हो । यस्तै दिप ज्योती माध्यमिक विद्यालय दोस्रो र दिप ज्योती विद्याश्रम तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगिता कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा हरेका संस्थागत विद्यालयले सहभागिता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ६ गते आइतबार