रझेनामा लैङ्गिक हिंसा सम्बन्धी विरुद्धको सचेतना



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्र्तगत रझेनामा शनिबार सम्पन्न गरेको छ । गत मंसिर ९ गतेबाट सुरु गरिएको लैङ्गिक हिंसा सम्बन्धी विरुद्धको सचेतनामुलक अभियान सिद्धार्थ आधारभुत विद्यालयममा सम्पन्न गरेको थियो ।

वडा नम्बर ५ र ६ को संयूक्त आयोजनामा सचेतनामुलक कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै कार्यवहाक नगर प्रमुख सञ्जु कुमारी चौधरीले महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई बढि मात्रामा हिंसा हुने गरेको बताइन् ।

‘लैङ्गिक हिंसालाई अन्त्य गर्नका लागि आफ्नो घरबाट सुरु गर्नुपर्दछ’ उनले भनिन्, ‘त्यसैले महिला पुरुष दुवैलाई लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छौं ।’ यसलाई न्यूनिकरण गर्नका लागि यो अभियान सञ्चालन गरेको उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार