कोहलपुर ।
बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सामुदायमा आधारित समावेशी विकास तालिम दिइएको छ । शुक्रबारबाट सुरु भएको सामुदायमा आधारित समावेशी विकास तालिम शनिबार सम्पन्न भएको थियो । कोहलपुर नगरपालिकाको निति, नियम र कार्यविधि निर्माण गर्नका लागि सहज र सजिलो हुने उद्देश्यले तालिमको आयोजना गरेको हो ।
कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले तालिमबाट स्रोत र सन्दर्भको प्राप्त भएको बताए । ‘शिक्षा सम्बन्धी ६ वटा निति, नियम, कार्यविधि बनाएको छु’ उनले भने, ‘तर आफुले बनाएको निति, नियम र कार्यविधिमा समावेशी विकासको अवधारणलाई समेटन सकिएको रहेनछ ।’ तालिम लिएपश्चात समावेशी विकास सम्बन्धी रहेर निति, नियम र कार्यविधि बनाउने सजिलो हुने उनको भनाई थियो ।
यस्तै कोहलपुर नगरपालिकाका सूचना अधिकारी हरी बहादुर वलीले अझै पूर्ण रुपले कोहलपुर नगरपालिकाले बनाएको निति, नियम र कार्यविधिमा कमजोरी भएको बताए । ‘मैले समावेशी विकास तालिम लिएपछि थाहा पाए’ उनले भने, ‘हामीले बनाएको निति, नियम, कार्यविधिले लक्षित वर्गसम्म पूग्न सकेको रहेनछ ।’ यस्तै सामाजिक विकास समिति नारायणी वलीले कोहलपुरको दिगो विकासका लागि मार्ग निर्देशन दिएको बताइन् ।
‘कोहलपुरलाई कस्तो किसिमको निति, नियम, कार्यविधि बनाउँदा नमूना नगरपालिका बनाउन सकिन्छ भन्ने कुरा थाहा पाएकी छु’ उनले भनिन्, ‘हामीले पहिले योजना बनाउँदा समावेशी विकासलाई समेटन सकेका रहेनछौं ।’ अहिले पनि पहुँचवालाले मात्र पाएको गुनासोलाई चिरफार समावेशी विकासले गर्ने समेत उनको दावी थियो । राष्ट्रिय महासंघ नेपालका केन्द्रिय महासचिव राजु बस्नेतले प्रशिक्षण दिएका थिए ।








प्रतिक्रिया दिनुहोस्