उप–निर्वाचनको तयारी तीव्र



शुभाकर विश्वकर्मा,कोहलपुर ।

मंसिर १४ गते हुने उप–निर्वाचनको लागि तीव्र पारिएको छ । बाँकेको एक मात्र निर्वाचन क्षेत्र रहेको कोहलपुर नगरपालिका ६ मा हुन गईरहेको उप–निर्वाचनको लागि तयारी तीव्र पारिएको हो । अहिले राजनितिक दलहरु चूनाव प्रचार प्रसारमा व्यस्त छन् भने सरोकारवाला कार्यलयहरु तयारीमा व्यस्त रहेका छन् । वडा नम्बर ६, मा अहिले चुनावी माहोलले निकै तातेको छ । निर्वाचनको मिति नजिकिदै जाँदा यहाँको चुनावी माहोल निकै तातेको हो ।

बिहानको चिया गफ देखि साँझपख सम्म चुनाव कै नतिजाका बारेमा छलफल र अन्र्तक्रिया चल्ने गरेका छन् । उम्मेदवारहरुले समेत आफ्नो पक्षमा नतिजा पार्नको लागि मतदाताका घरदैलो अभियानलाई तिव्रता दिईरहेका छन् । पाँच जना चुनावी मैदानमा रहेका छन् । यस्तै निर्वाचनको जोड घटाउ समेत चल्न थालिसकेको छ । उता अहिले दैनिक पुर्व तयारीका काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले कार्यालयको तर्फबाट गर्नु पर्ने सहयोग, समन्वयका कार्यहरु अन्तिम चरणमा पुगिसकेको बताए । उनका अनुसार यहाँका सुरक्षा निकाय, निर्वाचन कार्यालय र अन्य सरोकारवालाहरुका गतिविधिहरुका बारेमा कार्यालयले सहकार्य गरिहेको छ ।

निर्वाचन सकिन्जेल सम्म कार्यालयको क्ष्ोत्राधिकार भित्र रहेर निरन्तर लागि परेको उनले बताएका छन् । यस्तै जिल्ला निर्वाचन कार्यालय बाँकेले पनि चुनाव लक्षित विभिन्न कार्यक्रमम गरिहेको जनाएको छ । पुर्वतयारी, व्यवस्थापन लगायतका गतिविधि समेत तीव्र पारिएको छ । एकमा निर्वाचन क्षेत्र भएका कारण पनि शान्त्पिुर्ण ढंगले चुनाव सम्पन्न गर्नको लागि अहिले निकै दौडधुप चलिरहको जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले बताए । कार्यालयको तर्फबाट निर्वाचनको लागि गर्न पर्ने काम युद्धस्तरमा भईरहेको उनको भनाई छ ।‘ निर्वाचनलाई पुर्णत सफल बनाउन लागि परेका छौ’ उनले भने,‘ हाम्रो तर्फबाट तयारीका कामको कूनै कसर बाँकी रहदैन ।’

पुर्वतयारीको लगभग अन्तिम चरणमा रहेको उनले जानकारी दिएका छन् ।उनले मतदातालाई मतदाता शिक्षा दिने क्रममा चलिरहेको समेत जानकारी दिए । मतदाता शिक्षा कार्यकर्ता वडा मतदाता सँग गएपछि आवश्यक पर्ने ज्ञान र सिप प्रदान गर्नको लागि यस अघि मतदाता शिक्षा दिईएको सुवेदीले बताए । कार्यालयको अगुवाईमा मत बदर संख्या कम गर्ने भन्दै दुई स्थानमा नमूना मतदान कार्यक्रम गरिएको थियो । यसैबीच, निर्वाचनमा खटिने कर्माचारीलाई मंगलबार तालिम प्रदान गरिएको छ ।

मतदान प्रक्रिया, मत गणना र शान्तिपुर्ण ढंगले मतदान सम्पन्न गर्नको लागि तालिम प्रदान गरिएको निर्वाचन अधिकारी सुवेदीले बताए । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको हो । अब मतदान अधिकृतहरुलाई निर्वाचनका लागि आवश्यक सामग्री प्रदान गरेपछि कार्यालयको तर्फबाट हुने तयारी पुरा हुने उनको भनाई रहेको छ । निर्वाचनलाई लक्षित गरी कोहलपुर सुरक्षा व्यवस्था समेत कडा पारिएको ईलाका प्रहरी कार्यालय कोहलपुले जनाएको छ ।,

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार