बझाङ केन्द्र भएर ५ दशमल ७ रेक्टर स्केलको भुकम्प गयो



कोहलपुर ।

मंगलबार साझ सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र भएर भुकम्प गएको छ । बझाङको पौवागडी केन्द्र भएर ५ दशमल ७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहले जानकारी दिइन् ।

कर्णाली प्रदेशका सुर्खेत, दैलेख, प्रदेश पाँचको बाँके, बर्दिया, दाङ, सल्यान, सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली लगायतका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको थियो ।

अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी आएको छैन्

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ३ गते मंगलबार