सम्पादकीय : सारंगी महिमा



नेपालको राष्ट्रिय पञ्चेबाजा मध्ये एक हो सारंगी । सारंगीको महिमा भने निकै छ । यो बाजा मात्रै होइन हाम्रो गौरवमय विगत समेत हो । नेपाल एकिकरणको बेलामा राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षा देखी लिएर ठूला–ठूला परिवर्तनको संवाहक बनेको छ । गन्दर्भ जातीको मात्रै नभई सिंगो देशको साँस्कृतिक सम्पति हो योे । सांरगीको धुनसँग साक्षत्कार नभएका सायदै होलान् । संरक्षणको पर्खाईमा रहेको बाजा पनि होे । पछिल्ला केही दशक यता यो लोपउन्मुख अवस्थामा छ । बढ्दो प्रविधिको छायामा परेको छ ।गाउँघरमा सुनिन छाडेको यो मर्मस्पर्शी धुन । गन्दर्भहरुको मुख्य जिविकोपार्जनको स्रोतको रुपमा रहेको सारंगी लोप हुने अवस्था पुग्दा सबै भन्दा बेफाइदा गन्दर्भहरुलाई परेको छ । मुस्किल भएको छ, सांरगी रेटेर जिविकिोपार्जन गर्न । गन्दर्भ,सारंगी र सँस्कृतिको साइनो दुर भइरहेको छ । जसरी राज्यको नजरमा गन्दर्भहरु पर्न सकेका छैनन् ।

सारंगी समेत ओझेलमा छ । बढ्दो आधुनिकता र पश्चिमिकरणको असर साँस्कृतिक क्षेत्रमा समेत झुल्किसकेको छ । हाम्रा पुर्खाले बढाएको सारंगीको महिमा कायम राख्नुमा लोप हुनु राम्रो होइन । गन्दर्भ र सारंगीलाई मागेर खाने माध्यमको रुपमा हेरिएका कारण यसको महत्व घट्दो क्रममा रहेको गन्दर्भ अगुवा बताउछन् । यसको संरक्षणको लागि सर्वप्रथम राज्य लाग्नु पर्छ भने सम्पुर्ण सारंगी संरक्षणको लागि सक्रिय हुनु पर्ने देखिन्छ । अहिलेको पुस्तालाई सारंगीको महत्वको विषयमा बुझाउन नसकेमा यो पुर्ण रुपमा लोप हुन बेर छैन । त्यसैले हामी सबै मिलेर यसको संरक्षणको लागि अभियान थालौ । स्थानीय सरकारले देश कै गौरवको रुपमा रहेको साँस्कृतिक सम्पति संरक्षणको लागि उचित ध्यान दिनु पर्छ । अहिले पनि यसबारे रहेका नराम्रा कुराको चिरफार गरिनु पर्छ ।

हरेक क्षेत्रमा शुभ कार्यको लागि प्रयोग हुने यो बाजालाई अन्र्तराष्ट्रिय स्तरमा समेत पु¥याउनको लागि पहल जरुरी छ । सँस्कृति रहे हामी रहन्छौ । सँस्कृति नै नरहे हामी कसरी रहन सक्छौ त्यसैले आउनुहोस । सारंगीको महिमा र महत्वको विषयमा प्रचार–प्रसार अभियानको थालनी गरौ । सारंगी र गन्दर्भसँग जोडिएको साइनोलाई छुट्न र टुट्न नदिउ । संरक्षणका लागि संग्राहालय पनि एक माध्यम  हो । यसको लागि स्थानीय सरकारले ध्यान दिनु पर्छ र होइन् भने भोली राम्रो इतिहास हुन धेरै समय कुर्नु नपर्ला । त्यसैले सारंगीको इतिहास, महत्व र अहिलेको आवश्यकतालाई मध्यनजर गरौ । तब मात्र राष्ट्रिय मात्रै नभई अन्तराषर््िट्रय ब्राण्डको रुपमा विकास गर्न सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २३ गते बिहीबार