मुक्तिनगरमा सामुदायिक बीउ बैंक स्थापनाको तयारी



कोहलपुर (बाँके) ।

रैथाने कृषि (खेतीस्थलीय) परियोजनाले बाँकेका विभिन्न स्थानमा रैथाने बाली संरक्षण गर्नको काम गरिरहेको छ । परियोजना अन्तर्गत अनिश्चित मौसम अन्तर्गत खाद्य तथा पोषण सुरक्षाका लागि नेपालमा वनस्पति आनुवंशिक स्रोतहरूको संरक्षण र उपयोगमा वृद्धि गर्ने काम गरिरहेको हो । सोही अन्तर्गत बिहीबार कोहलपुर नगरपालिका वडा नम्बर २ को मनकामना टोलको शक्तिनगरमा कालिका ताजा तरकारी कृषक समूहसँग अन्तक्र्रिया गरिएको छ । परियोजना अन्तर्गतका कार्यक्रम कसरी सञ्चालन गर्ने र आगामी दिनमा यसलार्ई सफल पार्न सकिन्छ भनेर समूहका पदाधिकारीसँग छलफल गरिएको थियो ।

परियोजनाका बाली विज्ञ डा. मुकुन्द भट्टराईले परियोजनाले रैथाने कृषिमा अभिछिन्न मौसम अन्तर्गत रहेर काम गरिरहेको बताएका थिए । उनका अनुसार कृषि अनुवंशिक स्रोतहरूको संरक्षण तथा उपभोगको कमीलार्ई सम्बोधन गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

परियोजनाले मुख्यतः राष्ट्रिय जीन बैंकमार्फत परस्थानीय संरक्षण, घर, गोठ, खेतीस्थलीय, स्वस्थानीय र संरक्षण प्रजनन् जस्ता रणनीतिहरू अबलम्बन गरेर स्थानीय स्रोतहरूको प्रभावकारी संक्षण र दीगो उपयोग गर्न प्रयास गरिएको उनले बताए । भट्टराईले रैथाने कृषि (खेतीस्थलीय) परियोजना नेपालका दुई जिल्लामा लागू रहेको छ । मध्य नेपालको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका र पश्चिम तराईको कोहलपुर नगरपालिका क्षेत्रमा परियोजनाले काम गरिरहेको छ ।

परियोजना अन्तर्गत उपेक्षित र न्यून उपयोगमा रहेका बालीहरू लट्टे, फापर, कोदो, मसुरो उवा, बकुल्ला र आवश्यकता अनुसार अन्य बालीसमेत रहेका छन् । परियोजना अन्तर्गत केही वर्षदेखि बैजनाथस्थित गाभर भ्यालीमा कोदोका जातहरूको संरक्षण गर्ने काम परियोजनाले गरिरहेको उनले जानकारी दिए । परियोजनाले तराईमा पनि कोदो फल्छ भनेर सफल परिक्षण गरिएको उनले बताए । ‘हाम्रो भान्सामा पाक्ने सबै कुुरा हामीले नै उत्पादन गर्नुपर्छ । त्यसले पोषणको समेत सुरक्षा गरिरहेको छ । मुक्तिनगरमा समेत काम गर्न खोजिरहेका छौँ’, उनले भने ।

परियोजना अन्तर्गत बिहीबार कोहलपुरका किसानहरूसँग छलफल भएको छ । बृहत छलफलपछि मुक्तिनगरमा सामुदायिक बीउ बैंक स्थापना गरिनेछ । ‘सोही अनुसार उहाँहरूले बीउहरू लगाउनुहुन्छ । यहाँ परीक्षण हुन्छन् । परीक्षण भएर आएका राम्रा जातहरूलार्ई यो क्षेत्रमा भएका किसानहरूलार्ई बाँडेर लगाउन सिकाउँछौ । यहीँँ वातावरणमा हुने अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना हो’ छलफलमा उनले भने ।

कालिका ताजा तरकारी कृषक समूहका अध्यक्ष चन्द्र बहादुर जिसीले आफ्नो टोलमा परियोजना लागू हुने कुुराले आफूूलार्ई खुसी लागेको बताए । रैथाने बालीको संरक्षण र त्यसबाट उत्पादन वृद्धि गरी किसानको जिविकोपार्जन हुने आशा पलाएको उनले बताए । ‘हाम्रो टोलमा आएर छलफल हुँदा खुसी लागेको छ । बीउ बैंक स्थापनापछि यहाँका रैथाने बाली संरक्षण हुने विश्वास लिएका छौँ । सबै निकायबीच समन्वय गरेर अघि बढ्नेछौँ,’ अध्यक्ष जिसीले भने ।

जीन बैंक गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले परियोजनाले जिल्लामा अन्नबालीसँगै पशु र जैविक तथा प्राकृतिक स्रोत संरक्षणमा समेत काम गरिरहेको बताए । विशेष गरेर रैथाले बालीहरूलार्ई संरक्षण गरेर त्यसबाट प्रत्यक्ष फाइदा लिने गरेर काम गर्न सकिने उनको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार