इन्द्र बुढाथोकी
सल्यान २९ कार्तिक । सल्यान जिल्लाको सल्लीबजारमा नेपालको सिमा अतिक्रमणको विरोद्धमा भारती प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरिएको छ । शुक्रबार जनकल्याण युवा क्लब आयोजनामा लिपुलेख, कालापानी र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेको बिरोधमा भएको हो । सल्लीबजारको परिक्रमण गरी कोण सभामापरिवर्तण भएको थियो ।
भारतीय बिस्तारबाद मुर्दाबाद, सरकारको मौनता मुर्दावाद, लिपुलेख फिर्ता गर, राष्ट्र प्रेमी नागरिक एक हौं, सुगौली सन्धि खारेज गर, हाम्रो भुमी फिर्ता गर, सिमा मिच्न पाइदैन, हाम्रो भुमी तेरो नक्सामा कोर्न पाइदैन भन्दै गो ब्याक इन्डियाको नारा सयौं युवाले नाराबाजी गरेका थिए । जनकल्याण युवा क्लबका अध्यक्ष सन्देश यरिले आफ्नो देशको सिमान मिचिदा नेपाली चुप लागेर नबस्ने बताए ।
सबै जनता आफ्नो हातमा जे हुनसक्छ त्यही लिएर अगाडि बढ्नुपर्ने देखिएको छ उनले भने, फेरी एक पटक नेपालीको विरता देखाउनुपर्ने भयो । नेपालका १६ जिल्लाका सिमानहरु मिचिदा समेत नेपाल सरकारले कुनै कुटनितिक संबादबाट आफ्नो भूमि र्फिता गर्ने समेत आग्रह उनले गरेका थिए ।
कार्यक्रमा जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी तथा स्थानीयहरुको उल्लखनिय सहभागिता रहेको थियो । स्थानीयहरुले विरोध नगर्न आग्रह गर्दा गर्दै पनि सान्ती पुर्ण र्याली गरिएको क्लबका उपाध्यक्ष मिनराज डिसिले बताएका छन ।








प्रतिक्रिया दिनुहोस्