कोहलपुर ।
नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले राज्यलाई नै कम्युनिस्टीकरण गर्ने कोशिस भइरहेको बताएका छन् । बाँकेको कोहलपुरमा बिहीबार नेपाल विद्यार्थी संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई तिहाई सरकारले राज्यलाई नै कम्युनिष्टीकरण खोजेको दाबी गरे । ‘राज्य आंतकले सिमा नाघेको छ ।’ निवर्तमान अध्यक्ष महरले भने, ‘कम्युनिस्टको सरकार भनेर जुन किसिमको हौवा फैलाएको छ ।
सरकार कम्युनिस्टको हुँदाहुँदै पनी जसरी राज्यलाई नै कम्प्युनिष्टीकरण गर्न प्रयत्न भइरहेको छ ।’ राज्य आतंकको कारण नेपाली काँग्रेस शहर देखि गाउँसम्म उर्जाशिल भएको उनले बताए । ‘वर्तमान सरकारले नेपाली काँग्रेसका यूवाहरुलाई बिना कारण खोजिखोजि फसाउन खोजेको छ’ निवर्तमान अध्यक्ष महरले भने,‘ यसका विरुद्ध नेपाली काँग्रेस देशभर आन्दोलनमा रहेको छ ।’ कार्तिक दोस्रो हप्ता अत्याधुनिक पेस्तोलसहित बाँकेको गनापुरबाट नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिका सभापती सन्दिपजंग शाहसहित अन्य तीन युवा पक्राउ परेका थिए ।
तरुण दलका नेता शाह लगायतका कार्यकर्तालाई वर्तमान सरकारले पुर्वाग्राही राखेर फसाएको आरोप उनले लगाए । दुई तिहाई भएको कम्युनिस्ट सरकारको कारण अहिले राष्ट्रियता खतरामा परेको निवर्तमान अध्यक्ष महरले दाबी गरे ।
आगामी उपनिर्वाचनलाई क्षयकरण गर्नको लागि सरकारले केही प्रहरी अधिकारीहरुलाई हातमा लिएर नियोजित रुपमा काँग्रेसका नेता कार्यकर्तालाई फसाउन खोजेको उनले बताए । ‘वर्तमान प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको जन्मदिनमा चार वटा भाषा र टेलिफोनबाट शुभकामना दिन सक्छन्’ उनले भने, ‘तर देशको सिमा मिचिदासम्म पनि अहिलेसम्म सरकारले मौनता देखाउनु शंकास्पद देखिएको छ ।’ कालापानी, लिपुलेक नेपाली भूमी हुँदा–हुँदै भारतले आफ्नो नक्सामा देखाउदा पनी ठोस कदम चाल्न नसक्नु वर्तमान सरकार राष्ट्रियताको पक्षमा नभएको प्रमाणित भएको निवर्तमान अध्यक्ष महरले तर्क गरे ।








प्रतिक्रिया दिनुहोस्