नेपालगन्ज ।
पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभब भएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने अबसर प्रदान गर्ने उद्देश्यका साथ नेपालगन्जमा सिद्धार्थ एकेडमी अफ टुरिज्म, हस्पिटालिटी, म्यानेजमेन्ट (साथम ) कलेज सुरु गरेको छ । लुम्बिनी बौद्ध बिश्व बिद्यालयसँग सहकार्य गरी साथम कलेजले यसै शैक्षिक सत्र देखि नेपालगन्जमा ब्याचलर इन हस्पिटालिटी , टुरिज्म म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गर्दै छ ।
जुन सुकै बिषयमा प्लस टु उर्तिण भएका बिद्यार्थीले चार बर्षे बिएचटिएमको पढन सक्ने छन । यो कोर्ष पढ्नका लागि विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा तथा अन्र्तबार्ता भने पास गर्नु पर्छ ।
कलेजको एकेडमिक र प्रयोगात्मक कक्षाहरू होटेल सिद्धार्थ नेपालगन्जको परिसर भित्रै सञ्चालन हुन्छ । साथम कलेजले गत बर्ष देखि नै बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो । गु्रपको भैरहवा स्थित सिद्धार्थ भिलासामा यो कोर्षमा पढाइ भइ रहेको छ । चालु शैक्षिक सत्रमा साथम कलेजले नेपालगन्ज र नारायणघाटमा पढाइ सुरु गर्नका लागि लुम्बिनी बौद्ध बिश्वबिद्यालयबाट अनुमति पाइ सकेको छ । साथम कलेज लुम्बिनी बौद्ध बिश्वबिद्यालयको लर्निङ सेन्टर हो ।
बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिज्म , फ्रन्ट अफिस, मार्केटिङ जस्ता बिषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ । यो कोर्ष पुरा गर्न १२४ ( १ क्रेडिट बराबर १६ घन्टा) क्रेडिट आवर पढ्नै पर्छ ।
तीन बर्ष नेपालमा पढी सके पछि बाकी एक बर्ष बिदेश गएर पढ्न चाहाने बिद्यार्थीका लागि इन्टरनेशल स्टुडेन्ट एक्स चेन्च कार्यक्रम मार्फत लुम्बिनी बौद्ध बिश्व बिद्यालयले नै चीन र दक्षिण कोरियाका केहि बिश्व बिद्यालयसँग सहकार्य गरेर छात्रबृत्तिमा पढ्ने र काम गर्ने अबसर मिलाइ दिन्छ । त्यसका लागि बिद्यार्थीले भाषा लगायत बिश्व बिद्यालयले तोकेका शैक्षिक मापडन्ड पुरा गर्नु पर्ने छ ।
चार बर्षे कोर्ष बिएचटिएम कोर्षमा पढ्नका लागि ७ लाख ५० हजार लाग्छ । यो कोर्षमा ८ वटा सेमिस्टर हुन्छ । पहिलो सेमिस्टरमा सत प्रतिशत पढाइ हुन्छ । दोस्रो सेमिस्टरबाट सिक्ने र कमाउने क्रम सुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घन्टा अनिबार्य रुपमा काम गर्नु पर्छ । कोर्ष पुरा हुने समय सम्म बिद्यार्थीले करिब ५ लाख रुपैया पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर कमाउन सक्ने कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए ।
पढाई पुरा गरे पछि सिद्धार्थ गु्रप अन्र्तगत देशैभर रहेका होटेल , रिसोट , रेष्टुरेन्ट , क्याफे ( सिद्धार्थ गु्रप अन्र्तगत पाच तारे, चार तारे र तीन तारे होटेल , रिसोट , रेष्टुरेन्ट र क्याफे गरेर ३२ वटा आउटलेट मा काम गर्ने अबसर पाउने छन । । सिद्धार्थका आउटलेटहरूमा करिब २ हजार कर्मचारी कार्यरत छन । जहॉ हरेक बर्ष करिब ३ सय नया कर्मचारी भर्ना हुने गरेका छन ।
अन्य तारे होटल, रिसोर्टका अतिरिक्त ,ट्राभल एन्ड टुरिजम,क्याट्रिङ म्यानेजमेन्ट,इभेन्ट म्यानेजमेन्ट, गैह सरकारी संघ संस्थाका साथै आफै सञ्चालन गरेर स्वउद्यमी पनि बन्न सकिन्छ यो क्षेत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । यो कोर्ष पुरा गरे पछि सुरुवाती जागिर मै मासिक कम्तिमा ४० हजार सम्म सहजै पारिश्रमिक पाउन सकिन्छ । आफै ब्यबसाय गर्दा त्यो भन्दा धेरै पनि कमाउन सकिन्छ ।
होटल म्यानेजमेन्ट पढेका धेरै विद्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाइ हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ विदेशका स्टार होटल पर्ने गरेका छन । चीन, बहराइन, हङकङ मलेसिया थाइल्यान्ड, अमेरिका, अष्ट्रेलियमा नेपाली विद्यार्थी काम र पढ्नका लागि पुग्ने गरेका छन ।
पढाइ सके पछि बर्क परमिट भिषा मै विदेश जान सकिने भएकाले राम्रो काम गरे विदेशी होटलले त्यही राम्रो तलबमा राख्ने सम्भावना पनि हुन्छ । अन्य विषय पढेकाले भन्दा यो विषय पढेकाले विदेशका धेरै कमाउन पनि सक्छन् ।
परिक्षा प्रणाली पनि अन्य कलेजको भन्दा साथमको फरक छ । सय अंकको पुर्णाडकमा ६० नम्बर कलेजले बिद्यार्थीको हाजिरी, कजलेमा पढाउने क्रममा दिइने बिभिन्न असाइनमेन्ट लगायत आन्तरिक मुंल्याङकन का आधारमा र ४० नम्बरको परिक्षा कम्युटर बेस टेष्टका आधारमा लिइन्छ ।
परिक्षा सकिएको भोलि पल्टै रिजल्ट निस्कने कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए । बिद्यार्थीले प्राप्त कोर्षपुरा गरे पछि बिद्यार्थीलाई प्रदान गरिने सर्टिफिकेटमा ज्ञान ,सीप र ब्यबहारमा प्राप्त गरेको नम्बर उल्लेख हुने उनले बताए ।
आर्थिक अबस्था कमजोर भएका तर बिएचटिम कोर्ष पढ्न चाहने बिद्यार्थीका लागि कलेजले बैकहरूसँग सहकार्य गरेर शैक्षिक कर्जा मिलाइ दिने तयारी गरि रहेको छ । बैकबाट कर्जा लिएर पढ्ने बिद्यार्थीहरूले पढ्दा पढ्दै होटेलमा काम गरेर कमाउने पैसाबाट सहजै कर्जाको ब्याज र साबा तिर्न सक्ने निर्देशक श्रेष्ठले बताए ।









प्रतिक्रिया दिनुहोस्