प्रहरीद्धारा गाँजा फडानी



शुभाकर विश्वकर्मा,जुम्ला
जिल्लामा पहिलो पटक पहिलो पटक अवैध गाँजा फडानी गरिको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाद्धारा सरोकावालाको सहभागितामा गाँजा फडानी गरिएको हो । चन्दननाथ नगरपालिका ५,मा रहेको चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा उर्मेको गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी निरिक्षक नविन ओलीका अनुसार समुदाय प्रहरी साझेदारी कार्र्यक्रम बृहत गाँजा अभियान थालिएको हो ।

पहिलो चरणमा सदरमुकाम क्षेत्रबाट शुरु गरिएको र विस्तारै जिल्लाका अन्य क्षेत्रमा गाँजा फडानी गरिने उनको बताईन् । जिल्लाका गाउँ गाउँमा आफै ठुलो मात्रामा गाँजा उर्मने गरेको छ । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले गाँजाका कारण समाजमा अपराध बढेको बताईन् ।

उनका अनुसार गाँजा न्युनिकरणको लागि सबैले हातेमालो गरेर लाग्नु पर्ने आवश्कता रहेको छ । जिल्लाका विभिन्न स्थानमा छ्याप्छ्प्ती गाँजा उर्मिने गरेको छ ।

उनले जुम्लामा धेरैले गाउँमा आम्दानी स्रोत पनि हुने गरेको भन्ने जानकारी पाएकोले जनचेतना आवश्यक रहेकोमा जोड दिईएको छ । गाँजा धेरैले प्रयोग गर्ने गरेको भएपनि खेती नै गर्ने चलन नरहेको निरिक्षक ओलीको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २८ गते शनिबार