सिटिजन्स बैंक कोहलपुरमा



कोहलपुर ।

सिटिजन्स बैंकको ८२ औं शाखा बाँकेको कोहलपुरमा खुलेको छ । बैंक शाखाको बुधबार बैंकका सञ्चालक समिति सदस्य प्रकाशचन्द्र मैनालीले उद्घाटन गरेका थिए । ‘प्रगतिको लागि तपाईको साथी’ भन्ने मुल नारा बोकेको बैंकले जनताको घरदैलोमा नै बैकिंग सेवा पु¥याउने लक्ष्यका साथ कोहलपुरमा बैंकको शाखा सञ्चालनमा ल्याएको हो । सञ्चालक समिति सदस्य प्रकाशचन्द्र मैनालीले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको बताए ।

‘रिटेल बैकिङ्ग सेवाहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्नेछौं’ उनले भने, ‘सिटिजन्स बैंकको विशेष बचत खाता अन्र्तगत सात लाख सम्मको विमा रहेको छ ।’ देशैभरी आफ्ना ८२ वटा शाखा, ७८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको सञ्चालक समिती सदस्य मैनालीले जानकारी दिए ।

कोहलपुर शाखा प्रमुख उमंग शाहीका अनुसार बैंकले आर्थिक वर्ष २०७५÷७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । गत आर्थिक वर्षमा बैंकले रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको उनले जानकारी दिए । सिटिजन्स नेपाल राष्ट्र बैंकबाट ‘‘ख” वर्गको इजाजत प्राप्त गरेको बैंक हो ।

यसैबिच शाखाको उद्घाटन कार्यक्रममा संस्थागत सामाजिक उदरदायित्व कार्यक्रम अन्र्तगत ज्ञानज्योति माध्यामिक विद्यालयलाई ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । विद्यालयका विभिन्न अपाँग, अशक्त, दलित, जेहेन्दार विद्यार्थीको हक हितको लागि भनी ५० हजार दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेलले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १९ गते बिहीबार