डाइनामिक विद्यालयको आयोजनामा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न



कोहलपुर ।

डाइनामिक माध्यामिक विद्यालयको आयोजनामा रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार रक्त समूह पहिचान नभएका कारण आपतकालिन अवस्थामा रगत दिनुपर्दा हुने समस्या न्युनिकरण गर्न डाइनामिक माध्यामिक विद्यालयले रक्त समूह परिक्षण कार्यक्रम गरेको हो । विद्यालय प्रमुख रेग्मीका अनुसार दुर्घटना हुदा तथा आपतकालिन अवस्थामा रगत लिनु वा दिनुपर्दा रक्त परिक्षण गर्ने समय समेत बचत हुने र रगतको अभाव भएका बेला समूह अनुसारको रगत दान गर्न समेत सजिलो हुने भएकाले रक्त समूह परिक्षण कार्यक्रम राखिएको विद्यालयका प्रमुख रविन्द्र रेग्मीले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १३ गते शुक्रबार