बाँसगढी नगरपालिका, सडक विस्तार प्राथमिकतामा



शुभाकर विश्वकर्मा बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकले गत आर्थिक वर्ष २०७५÷७६ मा कुल २३ किलो मिटर सडक निर्माण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा ट्याक खोल्नेदेखि लिएर कालोपत्रे गर्ने सम्म गरि २३ किलो मिटर सडक निर्माण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अम्मर बहादुर खत्रीले गत आर्थिक वर्षमा १.१ किलोमिटर सडकको ट्रयाक खोलिएको बताए ।

२४ किलोमिटर ग्राभेल गर्ने लक्ष्य राखिएकोमा २२ किलोमिटर पुरा भएको उनले जानकारी दिए । यसैगरी कालोपत्रे सडक १४.४ किलोमिटर लक्ष्य राखिएकोमा मध्ये २.६ किलोमिटर पुरा भएको छ । भने गत वर्षको बाँकी काम पुरा गर्नको लागि चालु आर्थिक वर्षको शुरुवातसँगै सबै वडामा काम धमाधम  शुरु भइसकेको नगरपालिकाले जनाएको छ । त्यस्तै पुराना सडकहरुको मर्मत २.३ किलोमिटर सम्पन्न भएको छ । संघ, प्रदेश स्थानीय तह पुर्वाधार बजेटबाट सडक निर्माण भएको उनले बताए । नगरपालिकाका विभिन्न क्षेत्रमा २ वटा पुल, झोलुंगे पुल र ४ वटा स्थानमा ढल निकास गरिएको प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाई रहेको छ ।

गत आर्थिक वर्षमा कालोपत्रेमा मात्रै ४ करोड ३२ लाख ५९ हजार रुपैँया खर्च भएको थियो । चालु आर्थिक वर्ष र गत आर्थिक वर्षको बाँकी गरेर करिव २६ किलोमिटर लक्ष्य राखिएको छ ।

गत आर्थिक वर्षमा कालोपत्रेमा मात्रै ४ करोड ३२ लाख ५९ हजार रुपैँया खर्च भएको थियो । यस्तै चालु आर्थिक वर्ष र गत आर्थिक वर्षको बाँकी गरेर करिव २६ किलोमिटर लक्ष्य राखिएको छ । जसमा १२ किलोमिटर स्तरोन्नती र ग्राभेल  सडक रहेको छ । भने नगरपालिकामा रहेको सात वटै वडा मध्य १ नम्बरमा बाहेक सबै वडामा कालो पत्रे सडक निर्माण कार्य सम्पन्न गरिने छ । चालु आर्थिक वर्षमा सम्पुर्ण सडक निर्माणको लागि ८ करोड ४४ लाख विनियोजन गरिएको छ । भने यसैबाट नगरपालिका क्षेत्रमा चक्रपथ निर्माणको कार्य पनि शुरु हुने भएको छ ।

त्यसको लागि ४ करोडमा १९ ठेक्का भएर काम शुरु हुने चरणमा रहेको उनले बताए । संघिय सरकार र नगरपालिकाको सहभागितामा बन्ने चक्रपथ सडक योजनाको रुपमाका रुपमा रहने छ । कुल ४६ किलोमिटरमा बन्ने चक्रपथको निर्माणको लागि चालु आर्थिक वर्षमा पहिलो चरणको काम शुरु हुने भएको हो । यस्तै पुल ,कल्भटहरु पनि चक्रपथ क्षेत्रमा बन्ने छन् । नगर प्रमुख सालिकराम अधिकारीका अनुसार नगरपालिकालाई समृद्ध बनाउनको लागि सडक निर्माणलाई प्राथमिकता दिईएको हो । उनले सडक निर्माण भएमा मात्रै हरेक क्षेत्रको विकास सम्भव रहेको छ । अहिले विभिन वडामा सडक कालोपत्रेको काम भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १२ गते बिहीबार