नेपालगन्जको बजेट दुई अर्ब २८ करोड



नेपालगन्ज ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ का लागि दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । मंगलबार भएको पाँचौ नगर सभामा नगर प्रमुख डा. धवल शम्शेर राणाले पेश गरेको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले पेश गरेको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको हो । उप–प्रमुख थापामगरले चालु खर्चतर्फ एक अर्र्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगत तर्फ १ अर्ब ४ करोड ३७ लाख ८१ हजार विनीयोजित वजेट प्रस्तुत गरेकी थिइन् ।

चालु आर्थिक वर्ष २०७५÷०७६ मा आन्तरिक श्रोततर्फ रु. १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु.१२ करोड ११ लाख ३७ हजार राजस्व असुल भई करिब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको वजेट वक्तव्यमा उल्लेख छ । आगामी आर्थिक बर्षको आन्तरिक श्रोतको आय अनुमान १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आ.व.मा एसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु एक अर्ब ८ करोड समेत गरि कुल आय दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो । नगर प्रमुख डा. राणाले आ.व २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई विकासको उत्कृष्ट शहर बनाउने उद्घोष गरे ।

दश वटा विवीध विषय समावेश प्रस्तुत नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा बहुतले पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माणलाई प्राथमिकता दिईएको छ ।

वडा नम्बर १४ मा सात सय क्षमताको निर्माणधिन सभाहल बनिसकेपछि नगरभवनमा ‘हाई राईज पार्किङ’ सुविधा सहितको सपिङ्ग कम्पलेक्स बनाउने पनि उल्लेख छ । पर्यटन प्रर्वद्धनमा जोड दिदंै डा. राणाले नगरमा धार्मीक, सांस्कृतिक स्थानको संरक्षण, सम्वद्र्धनसहित नगरमा क्यासिनो सन्चालनलाई पनि प्रोत्साहन गरेका छन् । फुटपाथ र फोहरको उचित व्यवस्थापनलाई पनि प्राथमिकतामा राखीएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ११ गते बुधबार