बागेश्वरी बहुमुखी क्याम्पसको स्थापना वि.स २०४८ सालमा भएको हो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा विद्यार्थीको चाप बढ्नगई त्यसलाई थाम्न नसकेको तत्कालीन समयमा सोही क्याम्पसका सह प्राध्यापक वेदनिधि शर्माको अगुवाईमा तत्कालीन समयमा सञ्चालक समिति बनाई उहाँहरुकै पहलमा नेपालगन्जको सदरलाईन स्थित सरस्वती कन्या माध्यामिक बिद्यालयमा यस क्याम्पसको विधिवत स्थापना गरिएको थियो ।
कोहलपुर नगरमा उच्चशिक्षा अध्ययनका लागि शिक्षण संस्था नभएको समयमा २०४९ सालमा यस क्याम्पसलाई नेपालगन्जबाट कोहलपुरमा स्थान्तरण गरिएको थियो । सोहि क्रममा तत्कालीन जिविस सभापति ओम प्रकाश जङ्ग राणा कोहलपुर गाविस अध्यक्ष लुटबहादुर रावत, हरीप्रसाद रावत, नारायण प्रसाद सिग्देल, ज्ञानेन्द्र गिरी लगायतका समाजसेवी एव. शिक्षा प्रेमिहरुको उल्लेख्य योगदान रहेको थियो । त्यसैगरी बलराम शर्मा, डा.अरुण कोईराला, कर्णबहादुर थापा, नरेन्द्र पौडेल, होमप्रकाश सुवेदीको पनि आ आफ्नो तर्फबाट निकै ठुलोे योगदान रहन गयो । बेदनिधि शर्मा, चोलराज शर्मा, शशाकं शेखर चटर्जी, फत्तेबहादुर सिहं, डा.विश्वनाथ प्रसाद कुर्मि, हरिप्रसाद अधिकारी, रामसनेही वर्मा,सुधा शर्मा, नाराययणप्रसाद शर्मा गैरे, विजय शाहा र गोपालप्रसाद रिमालले प्रथम सञ्चालक समितिमा रही निकै योगदान पु¥याएका
छन् । त्यसबेला कोहलपुरको त्रिभूवन माध्यामिक विद्यालयमा सञ्चालन गरिएको थियो । यस कार्यमा स्थानेश्वर कोईराला प्र.जि.अधिकारी, ईश्वरी पौडेल समाजसेवी कर्णबहादुर थापाको समेत योगदान पनि कमि रहेन ।
नगर विकास समितिका तत्कालीन अध्यक्ष नरबहादुर थापाको पनि योगदान कमि छैन । किनकी त्यसबेला नविस कोहलपुरले एकलाख दिएर पुस्ताकालय स्थापना गरियो । बत्तिस हजार रुपैयाँको पाठ्यपुस्तकको व्यवस्था गरियो । कोहलपुरको त्रिभुवन माविमा क्याम्पस सञ्चालन भएतापनि यसको कोहलपुर क्षेत्रमै छुट्टै जग्गा र भौतिक पुर्वाधार हुन जरुरी थियो । फलस्वरुप यहाँको स्थानीय राजनैतिक नेतृत्वबाट माथि उल्लेखित व्यक्तिहरुको संयुक्त प्रयासमा नगर विकास समितिले हाल क्याम्पसको जग्गा उपलब्ध गराएको थियो । हालको ठाउँमा भवन निर्माणगरी क्याम्पस सञ्चालन गर्न सहज बनाउनका लागी तत्कालीन गा.वि.सहरु बनकटुवा रझेना, कोहलपुर, गनापुर, चिसापानी, शम्सेरगंज, ढकेरी र नौबस्ता गरी आठवटा गाविसको मालपोत राजस्व एक प्रतिशत रकम उठाउने पहल क्याम्पस सञ्चालनको लागि गरिएको थियो । वि.स. २०५५ सालमा स्नातकतहमा मानविकी संकायको त्रिविबाट सम्बन्धन प्राप्त गरेको थियो । वि.स २०५७ सालमा तत्कालिन उच्च माध्यामिक शिक्षापरिषद्बाट कक्षा ११ को शिक्षा, मानविकी एवम् व्यवस्थापन संकायको स्वीकृति लिएको थियो । वि.स. २०६१ सालमा स्नातकतह शिक्षा संकाय लिएपछि विद्यार्थीको ओइरो लागेको
थियो । वि.स. २०७२ सालमा स्नातक तह व्यवस्थापन संकायको सम्बन्धन प्राप्त गरेको थियो । वि.स २०६६ सालमा स्नाकोत्तर तह शिक्षाशास्त्र संकायको सम्बन्धन लिन सफल भएको थियो । पाठ्यक्रम तथा मूल्याकंन, अंग्रेजी, नेपाली तथा स्वास्थ्य विषयहरुमा पठनपाठन गर्दै आएको छ । पछिल्लो समयमा क्याम्पस सञ्चालक समितिमा रहेर खेमराज शर्मा, चिन्तामणी धिताल, लोकबहादुर वली, राधेश्याम थारु, राधा महत, कृष्णकुमार लम्साल, स्व. टीकाराम सुवेदी, अर्जुन कुमार पौडेल, कृष्ण बहादुर कार्की, रुद्रप्रसाद पौडेल, भारती खनाल, ओमकला काफ्ले, ज्ञानेश्वर शर्मा,पारसनाथ थारु, रामकृष्ण वि.क, तेजप्रसाद अधिकारी, गोविन्द प्रसाद ढकाल, फुलाराम थारु, झुमलाल सुनार, रुकमणी बस्याल, सुर्यप्रसाद ढकाल, विरेन्द्र कुमार शाह, लेखबहादुर क्षेत्री, भीम रावत, कृष्ण प्रसाद आचार्य, दिनेश सिग्देल, भुमबहादुर भण्डारी, बसन्ती अधिकारी, जगतजगं बुढाथोकी, सुवाष कार्की, चक्रपाणी चन्द, अशोक पोख्रेल, रेणुका खड्का, उमानन्द काफ्ले, मञ्जु
कोइराला, माया गौतम र वर्तमान क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र न्यौपाने, नगर विकास समिति अध्यक्ष नवराज खड्काको योगदान पनि धेरै छ । कोहलपुर उद्योग वाणिज्य सघंका अध्यक्षले सहयोग गरी १० वटा सी.सी.टि.भि क्यामेरा दिएर सुरक्षित बनाएको छ । कोहलपुर नगरपालिकाले विद्यार्थी छात्रवृतिको रकम छुट्याउँदै आएको तथा २०७५ साल चैत्रमा सम्पन्न क्याम्पस भित्रको बाटो मर्मत लगायत बगैंचा निर्माणमा योगदान दिएको छ । कोहलपुर नगर विकास समितिले २०७५ सालमा क्याम्पसलाई र्फनिचरको सहयोग गरी योग्दान गरेको थियो । चैत्र ३ गते ल्ऋऋ बैंङ्क कोहलपुर शाखाले क्याम्पसलाई फोटोकपी मेसिन सहयोग गरेको छ । सांसद विकास कोषबाट संघिय साँसद महेश्वर गहतराज बाँके क्षेत्र नं १ ले
रु.१० लाख छुट्याएको कुराले उहाँको योगदान पनि देखिएको छ । बागेश्वरी क्याम्पसका उप–प्राध्यापक एकराज शर्माले २०७५ माघमा क्याम्पसको पुस्तकालयलाई ७९ स्नातक तथा कक्षा ११ र १२ का पुस्तकहरु सहयोग गरी योगदान दिएको पाइन्छ । वि.स २०६६ सालमा सञ्चालित महायज्ञमा शिक्षाप्रेमी, राजनीतिज्ञ भानुभक्त भट्टराईले १ विगाह जग्गा दान दिएर सबैभन्दा बढि चन्दा दाताका रुपमा रही योगदान
गरेका थिए । २०६९ सालमा सी.टी.भी.टी मा ल्याब टेक्निसियन र सिभिल
ओभरसियरको प्रस्ताव पेश गरी २०७३ सालमा सिभील ओभरसियरको सम्भाव्यता समेतको अध्ययन भएको हो । २०७१ साल मंसीर ५ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपालको संविधान २०७२ का संविधानका पिता स्व.शुशिल कोईरालाको पहलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट बैठकले आंगिक क्याम्पस बनाउँने निर्णय गरेको थियो । २०७४ साल असोज २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुुर देउवाको मन्त्रिमण्डलको क्याविनेट बंैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पारित १० वटा सामुदायिक क्याम्पसलाई आंगिक बनाउन २०३ दरबन्दी स्वीकृत गरेपछि हाम्रो क्याम्पसमा पनि २२ शिक्षक र १५ कर्मचारी गरी ३७ दरबन्दी स्वीकृत गरेको हो । वि.स. २०७४ सालमा यस क्याम्पसले रजतजयन्ती समेत मनाइ सकेको छ । २०७४ चैत्र १४ गते यस क्याम्पसमा विश्वविद्यालयले शिक्षक कर्मचारीको भर्ना बढुवा नगर्ने परिपत्र अनुसार हालसम्म यस्ता कार्यहरु यस क्याम्पसमा रोकिएका छन् । कोहलपुर मात्र हैन सुदरपश्चिम, कर्णाली प्रदेशका अधिकांश जिल्लाबाट ११ कक्षादेखि स्नातकोत्तर तहसम्म विद्यार्थीहरु यस क्याम्पसमा अध्ययन गर्न आईरहेका
छन् । हाल कोहलपुरमा उच्चशिक्षा प्रदान गर्दै आइरहेको यस क्याम्पसलाई बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका रुपमा देशैभर परिचित बनाउँदै अब्बल क्याम्पसका रुपमा उभ्याएको छ । नीजि क्याम्पसहरुको अस्वस्थ प्रतिस्पर्धासगँ सामाना गर्दै आफुलाई सदावहार विद्यार्थीहरुको चाप बढाईरहेको, उत्कृष्ट नतिजा ल्याउन सफल र सक्षम भौतिक पूर्वाधार सम्पन्न यस क्षेत्रकै ठुलो पुस्तकालय भएको क्याम्पसका रुपमा स्थापित क्याम्पस हो । यस क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालय तथा मध्यपश्चिमाञ्चल विश्विविद्यालयका पुस्तकहरु समेत लेखी सकेको इतिहास सावित छ । क्याम्पसम कार्यरत जनशक्तिले दुई तिन विषयमा स्नातकोत्तर गर्ने मात्र होईन एम.फिल तथा विद्यावारिधी (पि.एच.डी) गरिरहेका छन् । क्याम्पसको भौतिक संरचना निकै राम्रो छ । यस क्षेत्रको ठुलो पुस्तकालय व्यवस्थित पुस्तकालय एवम् इंग्लिस पुस्तकालय छ । क्याम्पसले वि.स २०६६ सालमा महायज्ञ लगाइएकोले उक्त महायज्ञमा जग्गा दान गर्ने भानुभक्त भट्टराइले दिएको भुरीगाउँमा एक विगाह जग्गा छ । क्याम्पसभित्र वाईफाईको व्यवस्था छ । विद्यार्थी संख्यानुसारको परीक्षामा नतिजा प्राप्त भइरहेको छ । क्याम्पसको बृहत विकासमा सहयोग गर्न पूर्वविद्यार्थी समाज, बागेश्वरी साहित्य समाज, इंग्लिस एशोसियन लगायत स्वतन्त्र विद्यार्थी युनियन पनि क्रियाशिल छन् । विभिन्न संघ–संगठन क्रियाशिल छन् । नगर विकास समिति कोहलपुर, उद्योग वाणिज्य सघं एवम् कोहलपुर नगरपालिका लगायतले क्याम्पसको बृहत्तर विकासमा लागि परेको कुरा सर्वविदितै छ ।
वर्तमान समयमा आंगिक क्याम्पसका रुपमा पहल कदमीलिने सञ्चालक समिति अध्यक्ष नरेन्द्र न्यौपाने, क्याम्पस प्रमुख शिशिर कुमार शर्माको योगदान कम रहेन । सञ्चालक समितिका अन्य पदाधिकारी ज्यू लगायत कार्यरत प्राध्यापक कर्मचारीको योगदान पनि कमि छैन । पटक पटक आन्दोलनको घोषणा गरी मागपत्र पेश गर्ने, दबाब सिर्जना गर्ने वर्तमान प्राध्यापक संघ तथा पदाधिकारीको योगदान कम रहेन । बागेश्वरी क्याम्पसलाई विशेष चासोका साथ हैन आम कोहलपुर वासी, बाँके वासीले क्याम्पस प्रतिकोप्रतिको चासोमा केहि समय चासो नदिएकै हो । २५ वर्ष देखि कार्यरत सह–प्राध्यापक खगराज पन्त लगायत रमेशचन्द अधिकारी, धुर्व अधिकारी, शुशिल अधिकारीको देन पनि कमि छैन पछिल्लो जेनेरेशन त झन अहोरात्र रुपमा लागि परेको छ । २७ वर्षको दौडानमा क्याम्पसले वि.एम.पि.सी जोर्नल, रजतजयन्ती स्मारीका, पोस्पेक्टस् र शैक्षिक क्यालेन्डर समेत प्रकाशित गरीसकेको छ । सञ्चालक समिति अध्यक्ष नरेन्द्र न्यौपानेको पहलमा विभिन्न पुस्तकहरु पुस्तकालयमा हस्तान्तरण भएका हुन्, भने अधिकाशं प्राध्यापकहरुले पुस्तक हस्तान्तरण गरेका
छन् । आफु सबै दृष्टिकोणबाट सक्षम भएता पनि बाँके एवम् कोहलपुरबासीको लागि सरकारी क्याम्पस बन्नु सुनौलो अवसर भएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा उपेन्द्र कुमार कोइराला र रजिष्टार डा. महेन्द्र कुमार मल्लको योगदानलाई बिर्सन सकिदैन । हाल विश्वविद्यालयका निमित्त रजिष्टार यमबहादुर कार्की लगायत विश्वविद्यालयको सिंगो टिमले दश वटा क्याम्पसलाई रुपान्तरण गर्ने क्रममा रारा बहुमुखी क्याम्पस मुगु, तिला कर्णाली क्याम्पस कालीकोट, नारायण क्याम्पस दैलेख, मुसीकोट बहुमुखी क्याम्पस रुकुम, जलजला बहुमुखी क्याम्पस रोल्पा विधिवत रुपान्तरण भैसकेका छन् । बाँकी सबै क्याम्पसहरु चैत्र २० गतेसम्म रुपान्तरण हुनेछन् भने बागेश्वरी बहुमुखी क्याम्पस चैत्र १५ गते हुनेछ । यो सम्पन्न भइसकेपछि विश्वविद्यालय जस्ता हुनेछ । जसले स्नातक तथा स्नातकोत्तर तहको पठनपाठन सेमेष्टर प्रणालीमा लागु गरेको छ । उत्पादित जनशक्ति सक्षम र सवल एवम् रोजगारमुलक बन्ने कुरामा विश्वास छ । केन्द्रविन्दुमा रहेको सुविधा सम्पन्न क्याम्पसलाई कोहलपुरबासीहरुले नजिकबाट नियालीरहेका छन् । अब यस क्याम्पसमा वि.वि.ए, इन्जिनियरिङ्ग र स्नातकोत्तर तहमा आइ.आर., एस.जे र एम.वि.एसको कक्षाहरु सञ्चालन गरी प्राविधिक एवम् साधारण विषयको पठनपाठन गर्दै जानु आजको आवश्यकताको महसुस गरेका छन् । मिति २०७५ साल चैत्र १५ गते बागेश्वरी बहुमुखी क्याम्पस विधिवत रुपमा म.प. विश्वविद्यालयको आंगिक क्याम्पसमा रुपान्तरण हुने भएकाले आम सरोकारवालाहरुको उपस्थिति हुनु आवश्यक देखिन्छ । कोहलपुरबासीको लागि गहनाको रुपमा रहेको यस क्याम्पसले गुणस्तर शिक्षा प्रदान गर्नेमा विश्वास छ, भने कार्यरत कर्मचारी तथा प्राध्यापकको भविष्यलाई विश्वविद्यालयले ध्यान दिनु आवश्यक छ । दक्ष तथा सक्षम जनशक्ति उत्पादन गर्न, गुणस्तर शिक्षा सस्तो र सुलभ शुल्कमा पठनपाठन गर्ने कुरामा यस क्षेत्रको जेठो संस्था बागेश्वरी बहुमुखी क्याम्पस हो । यो क्याम्पस २७ वर्षपछि आंगिक क्याम्पसमा रुपान्तरण हुनु बाँके बासीका लागि खुसीको कुरा हो ।
नोटः लेखक एकराज शर्माले विगत केही वर्ष देखि क्याम्पसको बारेमा कलम चलाइरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्