गरिबी निवारणको माध्यम सहकारी बन्छ– मन्त्री अर्याल



 

कविन्द्र परियार,कोहलपुर १ पुस/नेपाल सरकारकी भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले अब सहकारीको माध्यमबाट गरिबी निवारण हुने बताएकी छिन । सहकारीका शेयर सदस्यहरु उत्पादनमा जोडिएर आत्म निर्भर भएपछि गरिबी निवारणमा सहयोग पुग्ने बताएकी हुन । शनिबार बाँकेको कोहलपुर स्थित भेरी शित भण्डार सहकारीको संस्थाको ११ वार्षिक साधारण सभा तथा नव निर्मित शित गृह भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन । साथै उनले अब सहकारीहरु उत्पादनमा जोडिनु पर्ने बताउदै सहकारीहरु क्षमता युक्त हुनुपर्ने बताईन ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीहरुलाई मर्ज गरेर भएपनि सहकारीहरुले सिपमुलक र उत्पादनमुलक कार्यमा जोडिनु पर्ने बताईन । साथै भुमी भुउपयोगको ऐन निमार्णको चरणमा रहेको भन्दै जमिनको वर्गीकरण गरेर प्रक्रिया अगाडी बढाइने बताईन । साथै उनले भेरी शित भण्डार राज्यको पनि सम्पत्ति भएको हुदाँ आफुले शित भण्डारलाई परेको अप्ठ्यारो समाधान गरिने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा बोल्दै संघिय सांसद महेश्वर गहतराज अथकले भेरी शित भण्डार पश्चिम नेपालको गौरवको रहेको हुदाँ राज्यलको केन्द्रिय निकायले हेर्ने सहकारी मध्ये शित भण्डार पनि पर्ने बताए । साथै उनले सहकारीलाई परेको अप्ठ्यारो मन्त्रीले निराकरण गर्न सहयोग गरी .दिन अनुरोध गरे । त्यस्तै जनताले जग्गाको लालपुर्जाको पर्खाईमा रहेको बताउदै यथाशिघ्र पक्रिया अगाडी बढाउने अनुरोध समेत गरे । कार्यक्रममा बोल्दै पुर्व सांसद दिनेश चन्द्र यादवले कोहलपुरमा रहेको शित भण्डार भन्दा उत्पादन बढी हुने भएको हुँदा अर्को शित भण्डारको स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

त्यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जनताले भोगचलन गरिरहेको जग्गा जमिनलाई दर्ताको आशा गरेको हुदाँ र मन्त्री लालापुर्जाको लागी मन्त्रीको ध्यानार्कषण गराएका थिए । साथै उनले कोहलपुरमै मालपोत नापी र यातायात कार्यालय स्थापना गरिनुपर्ने बताए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारी संचालन केही ऐन , नियमहरु संशोधन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै भेरी शीत भण्डार सहकारी संस्था लि.का अध्यक्ष डोलराज अर्यालले सहकारीले किसानले उत्पादन गरेका वस्तु भण्डार गर्दा वस्तुको बिमा कार्यथालनी गरेको, किसानहरुले भण्डारण गरेको आलु तथा फलफुललाई धितो मानी संस्था सक्षम नेपाल र प्रभु बैंकसँग साझेदारी गरी सहज कृषि कर्जाको व्यवस्था मिलाईएको बताएका छन् ।

त्यस्तै २०६४ सालमा सञ्चालनमा आएको शीत गृहको क्षमता २५ सय मेट्कि टन रहेकोमा किसानहरुको मागलाई मध्यनजर गर्दै नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना बाँकेसँग साझेदरी गरी ७ करोड ८३ लाख लागतमा निर्माण गरिएको १५ सय मेट्कि टन क्षमताको शीत गृहको मन्त्री अर्यालले उद्घाटन समेत गरेकी छिन् ।

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७४÷०७५मा कुल शेयर पूँजी ९६ लाख ३ हजार, कुल आम्दानी १ करोड १६ लाख ६० हजार, बचत २० लाख रहेको जनाईएको छ ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, स्थानिय उद्योगी व्यापारी लगायत सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ पुस १ गते आइतबार