खुकुरी प्रहार गरी श्रीमतीको हत्या



रोल्पा/  पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।

सन्की स्वभावका देखिने सार्कीको तीन छोरा र चार छोरी छन् । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको बताएको छ ।

अभियुक्त सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ । -रासस

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ९ गते शुक्रबार