सल्यान/ वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ ।
वल्र्ड लिंक इन्टरनेटको कपुरकोट– ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको वल्र्ड लिंकका सल्यान प्रतिनिधि सनतकुमार शर्माले जानकारी दिए । घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति : २०७५ कात्तिक ७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्