जुम्लामा घाइते प्रहरी आचार्यलाई नेपालगन्ज ल्याइयो



जुम्ला/ जुम्लामा घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ।

२० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन गएको टोलीमाथि डाक्टर, विद्यार्थी र स्थानीयले प्रतिकार गर्दा सादा पोशाकमा रहेका प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका थिए।

आचर्यको छातिमा सिसाको टुक्रा र प्रहार गरिएको चिर्पटमा रहेको किला गढेको प्रहरीले विज्ञप्ति निकाल्दै स्पष्ट पारेको छ।

उपाध्यायको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि नेपालगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ । घाइते जवानको छातीमा चोट लागेको छ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३ गते बिहीबार