बाजुरा/ सानिमा बैंकको ७४औं शाखा बाजुराको हिमाली गाउँपालिकाको धुलाचौरमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकको नेपालका सबै स्थानीय तहमा बैंक पु¥याउने लक्ष्यअनुसार सानिमा बैंकले ७४औं शाखा हिमाली गाउँपालिकामा स्थापना गरिएको हो ।

शाखाको सोही गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । देशभर सानीमा बैंकले शाखा विस्तारगरेसंगै बाजुराको ग्रामिण क्षेत्रमा पनि सेवा दिने भएको हो ।
शाखा उदघाटन गर्दै गाउँपालिका अध्यक्ष मल्लले स्थानीय तहमा बैंकको स्थापनाले बैंकिङ कारोबार, ऋणलगानी, कर्जा संकलन तथा गाउँपालिका दैनिक कार्य गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताए ।
स्थानीय तहमा बैंकको स्थापना गरेर स्थानीयस्तरमा नै बैंकिङ कारोबार गरिने र ऋण लगानी, निक्षेप संकलन गर्न अब गाउँबैंकको स्थापना गरिएको सानिमा बैंक हिमाली गाउँपालिका शाखाका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए ।
गाउँमा नै बैंक स्थापना भएको र बैंकिङ कारोबार गर्न एक दिनको पैदल दूरी हिड्नुपर्ने बाध्यता हटेको हिमाली गाउँपालिका धुलाचौरका स्थानीयहरुले बताए ।
हिमाली गाउँपालिकामा हालसम्म कुनै पनि बैंक शाखा स्थापना नहुँदा स्थानीयले निकै सास्ती पाएका थिए । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्यका साथ सानीमाले शाखा बढाइरहेको मान्म शाखा कालिकोटका प्रबन्धक मनिषमान श्रेष्ठले बताए ।
शाखा विस्तार योजनाअन्र्तगत जिल्लाको हिमाली गाउँपालिकामा ग्राहकलाई भरपुर सेवा दिने प्रबन्धक श्रेष्ठले बताए । बैंकका मुलुकभर अधिकांश शाखामा एटिएम र झण्डै ७ सय वटा रेमिट सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
बैंकले विशेष गरी हाइड्रोपावर, कृषि, विपन्नवर्ग र पर्यटनका क्षेत्रमा लगानी गर्दै आएको प्रबन्धक श्रेष्ठले जानकारी दिए ।











प्रतिक्रिया दिनुहोस्