कोहलपुर/ बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ९ ढकेरीमा ह्वील चियर वितरण तथा अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा न. ९ को आर्थिक सहयोग तथा वडास्तरिय अपाङ्ग ईकाई समितिको व्यवस्थापन भएको कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा अध्यक्ष महाविर वलीले अपाङ्गहरुका लागि आफुले वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सेती विष्ट, जित बहादुर थारु,र लौटन थारmलाई ह्वीलचियर वितरण गरिएको थियो । कार्यक्रममा अपाङ्ग नवजिवन केन्द्र कोहलपुरकी अध्यक्ष विनिता शर्मा र महादेवपुरी स्वास्थ्य चौकी प्रतिनिधि रिमन्ता शर्माले अपाङ्ग हुने कारण र अवस्था बारे सहजीकरण गरेका थिए ।
वडास्तरिय अपाङ्ग ईकाई समितिका अध्यक्ष कर्ण बहादुर खडुकाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा करिब ३५ जनाको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : २०७५ असार १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्