महिला नेतृत्व तथा क्षमता विकास तालिम सुरु



कोहलपुर,१२ जेठ/    बाँकेको राप्तीसानारी गाउँपालिका वडा नं.९ ढकेरीमा महिला नेतृत्व सिप तथा क्षमता विकास २ दिने तालिम शुक्रबारदेखि सुरु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नं.९ को सहयोग तथा मिसन मल्टिमिडिया प्राली कोहलपुरको आयोजनामा सञ्चालन गरिएको तालिमको राप्तीसोनारी गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष महाविर वलीले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष वलीले तालिमले महिलाहरुको क्षमता र नेतृत्व तहमा सघाउ पु¥याउने बताए । महिलाहरु समेत स्वयं सक्रिय भएर लागेमा समाजको नेतृत्व तहमा महिलाहरु पुग्न सक्ने वलीको भनाइ थियो ।

कार्यक्रममा बोल्दै वडा सचिव पुष्कर सिंह ठकुरीले तालिमले महिलाहरुको उद्घोषण र नेतृत्व क्षमतामा थप टेवा पुग्ने बताए । साथै यस्ता तालिम आयोजना गरिनु राम्रो पक्ष भएको बताए ।

त्यस्तै रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भाईराम वली, प्रगतिशिल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दल बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिमको बागेश्वरी असल शासन क्लब ( बास) का सूचना अधिकारी हेमराज भट्टले सहजीकरण गरेका थिए भने उक्त तालिममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का २१ जना महिलाहरुको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १२ गते शनिबार