पछिल्लो अपडेट सल्यानमा बस दुर्घटना हुँदा ४३ यात्रु घाइते



जेठ ६ सल्यान/सल्यानको सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको भेरी यातायात समिति बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । सल्लीबजारका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुलाई नेपालगन्ज उपचार भइरहेको छ । दुर्घटना बाट घाइते हुनेमा भगवती सिह जाजरकोट , तुल्सि बि.क, सेती परियार नेपालगन्ज , खिम ब सुनार सल्यान, ललित खत्री सुर्खेत, खुम ब बिक सुर्खेत, दुर्ग ब राना सल्यान सागिनेका, अमृता थापा सल्यान कुमाख, खिमलाल बि क सल्यान बनगाड कुपिण्डे नपा, अनिता चन्द चौरजहारी, कलि बस्नेत सल्यान कुमाख, कमला बस्नेत सल्यान कुमाख, शारदा बिक बर्दिया, लक्ष्मी बिक बर्दिया, दिलिप बिक बर्दिया, टेक ब बुढा सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २२, रुद्र चन्द रुकुम वर्ष ३४, मिना शर्मा कोहलपुर, विकास बुढा सल्यान बनगाड कुपिण्डे नपा, एन्जल शर्मा कोहलपुर, नोखी राना सल्यान बडागाउँ, अमृत थापा कालागाउँ , रुद्र सिह राठौर जाजरकोट, कोइली बस्नेत सल्यान कुमाख, बाटुली बिक सल्यान कुमाख, गगन राना सल्यान कुमाखा, डम्बर बिक सल्यान कुमाख, नवीन बुढाथोकी सल्यान कुमाख, केवसी बुढाथोकी कुमाख, लुगि रावत सल्यान कुमाखा, जेनिस रावत, भिम ब रोका सल्यान चादे, रितेश चलाउने सल्यान कुमाख, दिपा थापा नेपालगन्ज, लिलारज बुढाथोकी सल्यान कुमाख, जिते बुढा सल्यान कुमाख, नवीन बुढाथोकी सल्यान कुमाख, सुर्य बुढाथोकी सल्यान कुमाख लगायत गाडी चालक कोहलपुरका मोहन बिक र सहचलक प्रेम खत्री घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ६ गते आइतबार