कृषि पेशाका प्रेरक बन्दै सहकारीका प्रबन्धक



कविन्द्र परियार ,कोहलपुर  २७ वैशाख/बाँकेको राप्ती सोनारी – ८ का हरिश चन्द्र के. सी पेशाले सहकारीको मुख्य प्रबन्धक हुन तर उनी सहकारी सगैं कृषि व्यवसायमा पनि उत्तिकै मेहनतका साथ महत्व दिईरहेका छन । साना किसान सहकारी बाँकेका अभियन्ता समेत रहेका के.सी ले आफु नमुना बनेर सहकारीका शेयर सदस्यहरुलाई कृषि पेसामा लागेर मार्गदर्शन गरिरहेका छन ।

विगत केही वर्ष अघि देखी व्यवसायिक रुपमा बंगुरपालन गर्दै आएका के.सीले पछिल्लो समयमा व्यवसायिक रुपमा कुखुरा तथा माछा पालन गररिहेका छन साना किसान सहकारीका महादेवपुरीको छेउमै रहेको २ कटठा जग्गा भाडामा लिएर सुरुमा ७ लाखको लागत ४५ वटा बंगुर पालन सुरु गरेका के.सीले पछिल्लो समयमा माछा र कुखुरा समेत पालन गरेका छन ।
हाल उनीले २ हजार मंगुर जातका माछा र १ हजार कुखुरा पालन गरिरहेका छन । के.सीले मासिक ५० हजार आम्दानी गर्ने गरेको बताए । केसीले ३ जनालाई रोजगारी समेत दिएका छन । काम गर्दै आएका केसी विहान ५ बजे देखी ९ बजे सम्म व्यवसायमा लाग्ने र बाँकी समयमा सहकारीको काममा समय दिने र साँझ ५ बजे देखी राती १० बजे सम्म काममै समय बिताउछन ।

हाम्रो साना किसान सहकारीले ंकिसानहरुका लागि केही व्यवसाय गर्ने उद्देश्यले ऋण दिन्छन उनीहरुले ऋण लिएरर केही व्यवसाय गरुन भनेर मैले यो पेशामा लागेको हुँ ।

म आफैले कृषी व्यवसायका लागे भने शेयर सदस्यहरुले पनि गरेपछि केही हुँदो रहेछ भनेर व्यवसाय सुरु गर्नभएको छ । प्रबन्धक केसीले भने जिल्लाकै नमुना साना किसान कृषि सहकारीको रुपमा रहेको । सहकारीका अभियान्ताका रुपमा काम गरे गरि सकेका छन साना किसान महादेवपुरीकै अनुसरण बाट बाँकेमा १० वटा साना किसानहरुको स्थापना भएको बताए ।

उनीले सहकारी क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै सहकारी प्रशिक्षण डिभिजन कार्यालय,साना किसान विकास बैक ,राष्ट्रिय सहकारी बैक लगायतबाट सम्मान पाईसकेका छन । भने थाईल्याण्ड लगायतका देशहरुरुको समेत भ्रमण गरिसकेका छन ।
सधैं हसिँलो र निकै मिजासिलो स्वाभावका धनी ४७ वर्षिया केसी सधैं किसनाहरुलाई प्ररेणा दिने गरेको एक शेयर सदस्यले बताए ।

साविकको महादेवपुरीका ८५ प्रतिशत र कचानापुरका २५ प्रतिशत गरि २ हजार ७८ जना शेयर सदस्यहरु रहेको साना किसान सहकारीमा साढे २६ करोड लागानी रहेको र १३ करोड २५ लाख बचत रहेको सहकारी जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २७ गते बिहीबार