अखिल सन्देश विमोचन



कोलपुर,१० वैशाख/ बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरमा अनेरास्ववियुको मुखपत्र अखिल सन्देश आइतबार विमोचन गरिएको छ । सन्देशको नेकपा एमाले बाँके जिल्ला कमिटि उपाध्यक्ष निरक गुरुङले विमोचन गरेका थिए ।

नयाँ वर्षको शुभकामना आदान–प्रदान सहित आयोजना गरिएको सो कार्यक्रममा नेकपा एमाले मार्चा विभाग प्रमुख अब्दुल हुसेन खाँ, जिल्ला कमिटि सचिवालय सदस्य सूर्य ढकाल, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराईको उपस्थिति रहेको थियो ।

यस्तै बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, नेकपा एमाले कोहलपुरका नगरकमिटि सचिव खिल प्रसाद भुषाल, राष्ट्रवादी विद्यार्थी संगठनका महामन्त्री विजय काफ्ले, बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियु सभापति दिनेश के.सी. अनेरास्ववियु बाँके क्षेत्र नं. १ का अध्यक्ष सुुमन घिमेरे लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख १० गते सोमबार