कोहलपुर,३ बैशाख / आर्शिवाद पेन्टस् नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा जिसान बाँके ब्लास्टर विजयी भएको छ । आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ६ विकेटले पराजित गर्दै बाँके ब्लास्टर विजयी भएको हो ।
आर्शिवाद पेन्ट्स पाल्पा योद्याजले दिएको १५४ रनको लक्ष्य जिसान बाँके ब्लास्टरले ४ विकेटको क्षतिमा रनको भेट्टायो बाँके ब्लास्टरले आफनो कप्तान महेश क्षेत्रीलाई खेलाएको थिएन ।
उप कप्तान प्रज्वल शाहीको कप्तानीमा रहेको जिसान बाँके ब्लास्टरका लागि अजय शाहानी तथा सोनु तामाडंले २÷२ विकेट लिए । यस्तै आर्शिवाद पेन्ट्स पाल्पा योद्याजका लागि सर्वाधिक रीत गौतमले अर्धशतक पुरा गरे । उनले ५० बल खेल्दै ६३ रन बनाए भने शरद खड्काले ३४ बल खेल्दै ३६ रन बनाए ।
त्यसै गरी प्रनित थापाले २४ रन बनाए । निर्धारित २० ओभर खेल्दै आर्शिवाद पेन्ट्स पाल्पा योद्याजले १५३ रन बनाएको थियो । जवाफमा १५४ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको जिसान बाँके ब्लास्टरका ओपनिडं ब्याट्सम्यान तथा स्वयम कप्तान प्रज्वल शाहीले ३३ बल खेल्दै ४२ रन बनाए भने प्रेम तामाडंले ३७ बल खेल्दै ३२ रन बनाउँदा सोनु तामाडंले १२ बल खेल्दै ३६ रन बनाए आर्शिवाद पेन्ट्स पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालले २, २ विकेट आफनो लिए ।
१८.२ ओभरमा ४ विकेटको क्षतिमा जिसान बाँके ब्लास्टरले ६ विकेटले जित निकालेको हो । म्यान अफ द म्याच जिसान बांके ब्लास्टरका सोनु तामाडं घोषित भए । भोलि हुने पहिलो खेल एयाब्रोल लुम्बीनी यात्रीज र जिसान बाँके ब्लास्टर तथा दोस्रो खेल एनआईसि एसिया दंगाली गोर्खाज र पप्पु’ कन्सट्रक्सन रोल्पा गोरिल्लाज बिच हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्