‘नेपालगन्ज कप’ को अक्सन चैत २० मा हुने



कोलपुर,१७ चैत/  नेपालगन्ज कप क्रिकेट प्रतियोगिताका लागि ६ वटा टिम बीच प्रतिस्पर्धा हुने भएको छ । कोहलपुरमा आगामी बैशाख ३ गतेबाट शुरु हुन गइरहेको नेपालगन्ज कपका लागि ६ वटा टिमको नाम सार्वजनिक गरिएको हो ।

जसअन्तर्गत बाँके ब्लास्टर, बर्दिया टाइगर्स, रोल्पा गोरिल्लाज, लुम्बिनी यात्रीज, पाल्पा योद्या र दंगाली र्गाेखाज रहेका छन् । बाँके जिल्लामै पहिलो पटक अक्सनबाट टिम मालिक छनौट हुदै छन् । प्रत्येक टिममा १५ जना खेलाडी र एउटा प्रशिक्षक रहने छन् ।

अक्सनका लागि अन्तिम दर्ता मिति चैत्र १८ गतेसम्म रहेको र आवेदन फार्म भर्न सकिने प्रतियोगिताका ईभेन्ट डाईरेक्टर सौगात विक्र्रम शाहले बताए । अक्सन यही चैत्र २० गते हुने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि ईराकीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार