हुम्ला, ४ चैत/ हुम्लाको खार्पूनाथ गाउँपालिकामा एक महिलाकाे घरमैं सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण ज्यान गएको छ ।
खार्पूनाथ गाउँपालिका वडा नम्बर–२, स्यारेढिलका बमबहादुर छत्यायलकी २५ वर्षीय श्रीमती मुनदेवी छत्यालको सुत्केरी भएपछि साल अड्कीएर धेरै रगत बगेका कारण ज्यान गएको हो ।
बुधबार राति २ बजे घरमैं सुत्केरी भएकी छत्यालको साल अड्कीएर लगातार एक घण्टासम्म उच्च रक्तश्राव हुँदा ३ बजे ज्यान गएको मृतकका आफन्तले बताएका छन् । रक्तश्राब धेरै भएपछि स्वास्थ्यकर्मीलाई बोलाइए पनि छिप्रा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पुग्नुभन्दा पहिला नैं छत्यालको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डाक्टर रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
छत्यालले तेस्रो सन्तानको रुपमा छोरी जन्माउँदा उच्च रक्तश्राबका कारण ज्यान गएको हो । बच्चालाई तत्काल स्याहार गर्न बालगृह सुर्खेतमा बुधबार नै पठाइएको प्रमखु जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्