भीरबाट लडेर एक जनाको ज्यान गयो



रुकुम (पूर्व),१२ चैत/  सिस्ने गाउँपालिका–७, नाथिगाडमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । दाउरा काट्न गएका ५१ वर्षीय दिपक राउतको घर फर्किँदै गर्दा भिरबाट लडेर ज्यान गएको हो ।

Corpse

राउत घर नजिकैको भयरनाथ गुयखोला जंगलमा दाउरा काट्न आइतबार बिहान घरबाट निस्किएको बताइएको छ ।

बाटोदेखि झण्डै १८ मिटर तल खसेका राउतको टाउकाको पछाडिको भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राउतलाई सोमबार स्थानीय महिलाहरुले मृत अवस्थामा फेला पारेका हुन् ।-imagekhabar.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १२ गते सोमबार