कविन्द्र परियार : कोहलपुर,१२ चैत/ बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु सख्या दिनहँु बढ्दै गएको पाएको छ ।
सो क्षेत्रमा रहेको होमस्टेहरु अष्ट्रिच फर्म तथा मनोरम वातावरण भएका कारण आन्तरिक तथा बाह्य पर्यटकियहरु बढको गाभर भ्याली होमस्टेका संञ्चालक कृष्ण चौधरीले बताए ।
अहिले सम्म करिब ३ सय बह्य र २० हजार आन्तरिक पर्यटकहरुले अवलोकन गरीसकेको संञ्चालक चौधरीले जानकारी दिए । यो पर्यटक, कृर्षी र संस्कृतिको केन्द्र विन्दु भएका कारण यो क्ष्ोत्रमा आन्तरिक तथा बह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको चौधरीको भनाई रहेको छ ।
गाभरभ्यालीमा रहेका होमस्टमा पाइने अर्गानिक परिकारहरु तथा घरयासी वातावरणमा जस्तै आवास सहितको व्यवस्था भएका कारण पनि गाभरभ्याली पर्यटकीयहरुको आकर्षणको केन्द्र बनेको पर्यटकहरुको भनाइ रहेको छ ।
गाभरभ्यालीमा घुम्न आएकी भावना डि.सीले निकै शितल र मनोरम वातावरण भएको र सुन्दर भ्याली अवलोकन गने आएको बताईन । अर्का पर्यटक दिपक जगं शाहले अन्य क्षेत्रको भन्दा चौतर्फी वातावरण रमणिय भएका कारण घुम्न आएको बताए ।
अग्लो ठाँउ भएका कारण सबै तिर अवलोकन गर्न पाईने रहेछ उनले भनिन । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने करिब ४ सय घरधुरी रहेको गाभरभ्यालीमा थारु मुगाली र जुम्लीको मिश्रीत बस्ती भएको गाभर भ्यालीमा सांस्कृतिक विविधता समेत रहेको छ ।
बाँके जिल्लाकै पहिलो गाभरभ्याली होमस्टे लगायत सो क्षेत्रमा नमुना थारु होमस्टे दङ्गाली थारु होमस्ट लगायतको होमस्टेहरु रहेका छन भने थप अर्का होमस्टे समेत संचालनको अन्तिम तयारीमा पुगेको बताईएको छ ।
सो क्षेत्रको प्रायपर्टनका लागि प्रकृति ,संस्कृति तथा जैविक विविधताको संरक्षणका लागि थारु सग्रहालय तथा करिब १२ करोडको लागतमा २० विगाह क्षेत्रफलमा जैविक पार्कको निमार्ण समेत सुरु भइसकेको होमस्टे संचालक चौधरीले बताए ।
त्यस्तै गाभर क्षेत्र पर्यटकका लागि उपयुक्त क्षेत्र भएकाले राज्यले नीजि क्षेत्रको प्रवद्वनका लागि व्यवसायी मैत्री नीति लियो भने सो क्षेत्रको पर्यटन विकासका लागि, नीजि क्षेत्रको शान्ति सुरक्षाका लागि र व्यवसायी मैत्री बनाउका लागि राज्यले विशेष नीति लिनुपर्ने कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्