सल्यान,४ चैत/ सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा खानेपानीको चरम अभाव परेको छ । फाल्गुन महिना मा
नै खानेपानीको समस्या देखिएको छ ।
समयमा पानी नपर्नु र जमिन सुखा भएका कारण मुहानहरु सुक्दै जानाले पानीको समस्या भएको छ । वर्षौंदेखि यस क्षेत्रमा खानेपानीको समस्या हुँदै आएको छ । बजारमा एक हप्तासम्म खानेपानी आएको छैन, आए पनि एक घरले २०÷२५ लिटरको पालो गरेर भर्ने गरेको स्थानीय व्यापारीहरुले बताउने गर्दछन् ।
पानी नाआएको दिन नजिकैको भेरी नदी र केही व्यक्तिहरुले आफ्नो व्यक्तिगतको लागि बनाएको कुवामा मागेर पानी ल्याउने गरेको एक व्यापारीले बताए ।
पानी ल्याउन बजार भन्दा टाढा जादा व्यापारमा पनि राम्रोसँग बस्न नपाउने गरेको दुख व्यक्त गर्दछन । यस क्षेत्रमा पानीको वर्षौंदेखि समस्या भएपनि कुनै क्षेत्रबाट पहल भएको छैन ।
अहिले यो आर्थिक वर्षमा सल्लीबजारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानबाट आएको २४ लाख बजेटको उपभोक्ता समितिको लागि पटकपटक उपभोक्ता समिति बनाउँदा पनि सहमति नहुँदा काम सञ्चालन हुन सकेको छैन ।
आ–आफ्नो पक्षको उपभोक्ता समिति बनाउने भनेर सधै विवाद हुँदै आएको छ, भने केहि समय पहिला बनाएको दोर्ण यरीको अध्यक्षता रहेको समिति विवाद हुँदा फेरि अर्को पक्षले दिपबहादुर खड्काको अध्यक्षतामा नयाँ समिति गठन भएको छ भने आउँदो आर्थिक वर्षमा नियमित क्रमागत बजेट ४ करोड बराबरको लिफ्टिङ्ग खानेपानी आयोजना परेको छ । अहिले नगरपालिकाका अधिकाश क्षेत्रमा खानेपानीको समस्या हुन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्