बर्दिया,२१ फागुन/ देश निमार्णमा उद्योग व्यापारको आवश्यकता व्यावसायिक हित संगै सामाजिक एकता तथा मधुवन औधोगिक व्यापारिक कृषि पर्यटन महोत्सव २०७४ आईतबार देखी सुरु भएको छ ।
महोत्सवको उद्योग वाणिज्य संघ ५नम्बर प्रदेशका अध्यक्ष गुणनिधि तिवारीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष तिवारी ले बर्दिया जिल्ला विकासका लागि बर्दिया जिल्लालाई केन्द्र संग जोड्नु पर्ने आवश्यकता रहेको बताए ।
बर्दिया जिल्ला सम्भावना बोकेको जिल्ला र विकास गर्न चुनौती पनि रहेको बताउदै बर्दियाको विकासलागि केन्द्रबाट सहयोग गर्न तयार रहेको बताए । बर्दिया जिल्ला कृषि क्षेत्रको लागि उपयुक्त जिल्ला भएकोले कृषिमा विकास गर्नु पर्ने बताए ।
यसैगरी कार्यक्रममा विशिष्ट अतिथि तथा प्रदेश नम्बर ५का प्रदेश सभासदस्य कुलप्रसाद पोख्रेलले बर्दिया जिल्लालाई बाढी मुक्त जिल्ला बनाउने पहिलो काम आफुहरुको रहेको बताए ।
महोत्सव उद्घाटन कार्यक्रममा मधुवन नगरपालिका प्र्रमुख कृष्ण के.सी राजनितिदलका प्रतिनिधि, स्थानीय तहका प्र्रमुख उपप्रमुख तथा प्रतिनिधि लगाएको सहभागिता रहेको थियो ।
महोत्सवको उद्घाटन कार्यक्रममा बिभिन्न समुदाय तथा जातजातिका सास्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । देश निमार्णमा उद्योग वयापारको आवश्यकता व्यावसायिक हितसंगै सामाजिक एकता तथा मधुवन औधोगिक व्यापारिक कृषि पर्यटन महोत्सव भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको मुख्य आयोजक उद्योग वाणिज्य संघ कुसुम्बा बजार सानोश्री ताराताल रहेको छ ।
फागुन २० गते देखि सुरु भएको महोत्सव २९ गते सम्म १० दिन सञ्चालन हुने आयोजकले बताएको छ । महोत्सवमा स्थानी कलाकार राष्ट्रिय कलाकारको प्रस्तुती रहने साथै विभिन्न सांस्कृतिककलाको प्रस्तुति, प्रतियोगिता तथा हस्तकला वस्तुकलाहरु, खानाका परिकारहरु रहेको छ ।
महोत्सवमा बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज, विश्वको दुर्लव जन्तु कृष्णसार, एतिहासिक बढैयाताल, नेपालको सबभन्दा लामो गेरुवा नदिको प्रचारप्रसार भईरहेको छ ।
महोत्सवमा १ सय ५० वटा बिभिन्न प्र्रयोजनका स्टलहरु, थारु कलासंस्कृतिको अवलोकन तथा खानाका परिकारहरुको स्वादका लागि थारु गाँउको व्यवस्था रहेको छ ।









प्रतिक्रिया दिनुहोस्