नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो ४ बजे सपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालका अनुसार सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति भण्डारीले नयाँ सरकारले स्थीरताका र विकासका लागि काम गर्ने विश्वास व्यक्त गरेकी छन्। यसअघि एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए।
योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यसअघि उनी २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए। setopati
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्