शहित दिवसको अवसरमा सडक सरसफाई



मिसन सामाचारदाता माघ १६ / गते बाँकेको कोहलपुरस्थित यूथ फर चेन्ज वेटर बाँकेले मंगलबार सडक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका वडा नं.४ र ५ मा रहेको एनसिसियन देखि किरणनाला सम्म सडक सरसफाई गरेका छन् ।
यूवाहरुको समाज रुपान्तरणको महत्वपूर्ण भूमिका रहेकोले आफ्नो अबका दिनहरुमा पनि यस्ता विविध कार्यक्रम संचालनमा ल्याउने यूथ फर चेन्ज वेटरका अध्यक्ष देवकोटाले बताए । सरसफाई कार्यक्रममा यूवा यूवतीहरुको उल्लेखिय उपस्थिति रहेको यूथ फर चेन्ज वेटर बाँकेले जनाएको छ ।
यूथ फर चेन्ज वेटर बाँकेले माघ १६ गतेका दिन शहिद दिवसको अवसर कोहलपुर चौराहमा दिप प्रज्वलन कार्यक्रम समेत गरेको अध्यक्ष यूवराज देवकोटाले बताएका छन् । नेपालका सम्पूर्ण यूवा यूवतीहरुलाई देशका विकासका निम्ती सधै तत्पर÷जागृत हुन पर्ने देवकोटाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १६ गते मंगलबार