कोहलपुरमा सहिदहरुको सम्झनामा प्रभातफेरी



कोहलपुर १६ माघ/सहिदहरुको सम्झनामा कोहलपुरमा प्रभातफेरी आयोजना गरिएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको हो । प्रभातफेरी कोहलपुर चौराहबाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोणसभा गरिएको थियो । सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को त्याग र बलिदानले आजको दिनमा हामीले यो सुख भोग गर्ने अवसर मिलेको बताउदै विर सहिदहरुको आत्माले शान्ति पाउन् भन्ने धारणा राखिन् ।
कार्यक्रमा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले आफ्नो धारण राखेका थिए । कार्यक्रममा को समापन गर्दै कोहपुर नगरपालिका कार्यालयका प्रमुख लुट बहादुर रावतले सहीदहरुको बलिदानले गर्दा देशले कोल्टे फेरेको बताउदै रावतले प्रभातफेरीमा सहभागि सबैलाई धन्यवाद दिएका दिए । प्रभातफेरीमा सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १६ गते मंगलबार