खजुरा (बाँके) ।
बाँकेको खजुरामा जारी बाँके जिल्लास्तरीय फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लब, ब्रोदर्स एफसी, अप्सरा एफसी र जय किसान स्पोर्टस क्लबले सेमिफाइनल यात्रा तय गरेका छन् । बिहीबार र शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रामा चार टिम पुगेका हुन । न्यू डाँफे स्पोर्टस क्लबको आयोजनामा खजुरा मिनि रंगशाला ‘डी’गाउँमा जिल्लाका खेलाडीले मात्र खेल्न पाउने गरि गरिएको प्रतियोगितामा न्यू डाँफे र ब्रदर्श यसअघि नै सेमिफाइनलमा पुगिसकेका थिए ।
शुक्रबार सम्पन्न खेलमा भने अप्सरा एफसी र जय किसान स्पोर्टस क्लब बिजयी भएका हुन । अप्सरा एफसी कोहलपुरले भद्रकाली स्पोर्टस क्लब जानकी गाउँपालिकालाई ट्राइबेकरमा हराएको थियो । निर्धारित समयमा खेलमा दुवैटिमले गोल गर्न नसकेपछि ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा अप्सराले ५–४ गोल अन्तरले विजयी बन्यो । शुक्रबार सम्पन्न दोस्रो क्वाटर फाइलन खेलमा जय किसन स्पोर्टस क्लब र न्यू दर्पण युवा स्पोर्टस क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
खेलमा पनि निर्धारित समयमा कुनै गोल हुन नसक्दा खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा जय किसनले ७–६गोल अन्तरले विजयी हँुदै सेमिफाइनल यात्रा तय ग¥यो । शनिबार र आइतबार सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । शनिबार ब्रोदर्स एफसी र जय किसन स्पोर्टस क्लब फाइनलका लागि भिड्नेछन । आइतबार न्यू डाँफे स्पोर्टस क्लब र अप्सरा एफसी फाइनलका लागी भिड्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लबले जनाएको छ । क्लबका संरक्षक खजुरा गाउँपालिका ४ ‘डी’गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिलबहादुर थापाले प्रतियोगिताको पुरस्कार राशि सौजन्य गरेका हुन ।
प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लबका सचिव तेजेन्द्र योगीले जनाए । दसैँ र तिहारको अवसर पारि आइतबारदेखि शुरु गरिएको प्रतियोगिता कात्तिक २ गतेसम्म चल्ने क्लबका उपाध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्